मिस एसइई पाेखरा २०१९ काे ताज प्रियंकालाई

समाधान संवाददाता २०७६ असार ९ गते १५:४०

समाधान संवाददाता, पोखरा

इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौं संस्करणको मिस एसइई पोखरा २०१९ को ताज प्रियंका सुवेदीले जितेकी छन् । उनले मिस स्पोर्टी र बेस्ट ड्रेस अवार्ड पनि जितिन् । सिल्भर क्राउन, स्कुटर, नगद १० हजार रुपैयाँ हात पारेकी उनले न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति, फेसन हबमा डिजाइनर कोर्स र गोर्खाली पानीको ब्रान्ड एम्बेसडर बन्ने अवसरसमेत प्राप्त गरेकी छन् ।

प्रतियोगितामा आयुष्मा गिरी फस्टरर्न अप बनिन् । उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँसहित न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्स प्राप्त गरेकी छन् ।

Advertisement

सेकेन्ड रनरअप सेन्जिया गुरुङ बनिन् । मिस फोटोजेनिकसमेत बनेकी उनले सिल्भर क्राउन, नगद १० हजार रुपैयाँसहित न्यु ग्यालेक्सी माविमा प्लस टु अध्ययन गर्न छात्रवृत्ति र फेसन हबमा डिजाइनर कोर्स प्राप्त गरेकी छन् ।

यसैगरी बेस्ट क्याटवाल्क र बेस्ट स्माइल सलोनी प्रधान, मिस टयालेन्ट रोश्ना केसी, बेस्ट पर्सनालिटी ब्लिस ढकाल, भ्युअर च्वाइसको पुरस्कार लिहा छत्यालले जितिन् । उनीहरुलाई गायक कर्णदास, कार्यक्रम संयोजक सुशील नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगिताको फाइनलमा १९ जना युवती पुगेका थिए ।

Advertisement

एचआइभी संक्रमित भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमानी राख्न सफल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

सोही कार्यक्रमको साथमा फिनेफी इभेन्ट म्यानेजमेन्ट समूहको आयोजनामा द ग्रान्ड कन्र्सट एन्ड एजुकेसन फेयर २०७६ आयोजना भयो । फेयरमा विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था, शिक्षा प्रदायक संस्थाका प्रतिनिधिले अवलोकन गरे । उनीहरुलाई विभिन्न शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिले वैदेशिक अध्ययनको विषयमा जानकारी गराए ।

एजुकेसन फेयर विगत भन्दा फरक र उपलब्धीमूलक आयोजक संस्थाका प्रबन्धक बालचन्द्र परियारले बताए । फेयरमा पुग्नेहरु शैक्षिक परामर्शसहित म्युजिकमा रम्न पाए । फेयरको प्रमुख आकर्षणको रुपमा गायक कर्णदासको प्रस्तुति थियो । यसका अलावा विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुतिले रौनकता थप्यो ।

तपाईको प्रतिक्रिया