प्याराग्लाइडिङ पाइलटलाई प्रशिक्षण

समाधान संवाददाता २०७६ असार ११ गते १३:०७

समाधान संवाददाता
पोखरा

नेपाल हवाई खेलकुद संस्था (ना) ले सुरक्षित प्याराग्लाइडिङ उडानका लागि पाइलटलाई प्रशिक्षण दिएको छ । ३ दिने तालिममा २७ जना सहभागी भए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा भएको व्यावसायिक टेन्डम उडानमा सुरक्षा लगायतका विषयमा प्रशिक्षण दिइएको नाका प्रमुख कार्यकारी अधिकृत एवं उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पर्यटन बोर्ड प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले पर्यटनमा प्याराग्लाइडिङ क्षेत्रको दायरा फराकिलो रहेको बताए ।

Advertisement

उनले साहसिक खेलकुदसँग जोडिएको प्याराग्लाइडिङ व्यवसायलाई व्यस्थित बनाउन र पोखराको पर्यटनको क्षेत्रमा लगानी रहेको करिब ४ खर्ब सुरक्षित गर्ने रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

ना अध्यक्ष एवं प्याराग्लाइडिङका मुख्य प्रशिक्षक योगेश भट्टराईले पोखराको पर्यटन र साहसिक खेलकुद विश्वमा नै चासोका साथ लिइने बताए । उनले भने ‘हामी प्याराग्लाइडिङलाई व्यवस्थित र मर्यादित बनाउन लागिपरेका छौं ।’ कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष केशव पाठक, नाका कार्यवाहक महासचिव इन्द्र भण्डारी, प्राविधिक निर्देशक अनिल केसी, प्रशिक्षार्थी पाइलट हरि भण्डारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया