भीरकोटका सबै वडाका बेरोजगारलाई काम

समाधान संवाददाता
स्याङ्जा
भीरकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनमा आएको छ । गत चैत र वैशाख महिनामा बेरोजगारको सूचीमा सूचिकृत भएकालाई यसै आर्थिक वर्षमा कम्तीमा ३० दिन बराबरको रोजगारी प्रदान गर्ने योजना अनुरुप कार्यक्रम सञ्चालनमा आएको हो ।
यस आर्थिक वर्षमा ११ लाख सशर्त अनुदानका रुपमा प्राप्त बजेट ९ वडामा काम हुने गरी उपलब्ध गराइएको छ । सबै वडाका बेरोजगारले रोजगारी पाउन् भन्ने उद्देश्यसहित सबै वडाबाट योजना माग गरी सञ्चालन गरिएको नगर प्रमुख छायाराम खनालले बताए । खेतीपाती लगाउने समय भएकाले सिँचाईका योजनामा बढी जोड दिइएको र त्यसपछि बाटोघाटो निर्माण र मर्मतमा काम लगाउने बताए ।
वडा नं. ८ मा सञ्चालित लामाखेत सिंचाइ कुलो आयोजना उद्घाटन गर्दै प्राप्त कार्यक्रमको प्रारुप अनुसार योजना सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । बेरोजगारलाई न्यूनतम रोजगारी प्रत्याभूत गर्न तथा सामुदायिक पूर्वाधारको विकासमार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको यस कार्यक्रममा केही नीतिगत अप्ठ्यारा रहेको र आगामी आर्थिक वर्षमा परिमार्जन गर्नुपर्ने देखिएको छ ।
सबै वडालाई समावेशी रुपमा बजेट बाँडफाँड गरिएको छ । जसअन्र्तगत वडा नं. १ मा सडक मर्मत सम्भार र वडा नं. २ मा बाटो निर्माणका गरिनेछ । सिंचाई कुलो निर्माण तथा मर्मतका लागि योजना अगाडि सारेको वडा नं. ३ मा चाडै काम सुरु हुने वडाध्यक्ष बाबुराम श्रेष्ठ बताउँछन् । सिंगखोला सिंचाइ कुलो मर्मत योजना अगाडि बढाएको वडा नं. ४ केही दिनभित्र काम सुरु गर्ने तयारीमा छ ।
कार्यक्रम कार्यान्वयनमा अब्बल देखिएको वडा नं. ५ मा तिलाहार नेटा गोदी खोला गोरेटो बाटो बनिसकेको छ । बेरोजगार दर्ता फारमको आँकडा अनुसार सबैभन्दा धेरै बेरोजगार यस वडामा नै छन् । सिंचाई आयोजनाका लागि काम अगाडि बढाएको वडा नं. ६ मा पनि काम सकिने चरणमा छ । खेती गर्ने समय भएकाले योजनाबाट तत्काल कृषक लाभान्वित हुने देखिन्छ । बालबालिकाका लागि विद्यालय जाने गोरेटो बाटो निर्माणमा जुटेको छ वडा नं. ७ । यही बजेटबाट सबै काम सम्पन्न नहुने देखिए पनि काम सुरु गरेको र आगामी आर्थिक वर्षमा यसै योजनामा प्राप्त हुने बजेटबाट काम सक्ने योजना छ ।
२ योजना पाएको वडा नं. ८ का दुवै योजना सिंचाइका छन् । फरक योजनामा जुटेको छ वडा नं. ९ । यहाँ सार्वजनिक शौचालय निर्माण गरिएको छ । कार्यक्रमको प्रावधान र प्रारुप अनुसार नै सबै वडामा बजेट बिनियोजन भएकाले समयमा नै काम सकिने बताउँछन् भीरकोट रोजगार सेवा केन्द्रका रोजगार संयोजक वसन्त बस्नेत ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया