कोरला वैकल्पिक मार्ग हुदै जटिबुटी चिनतर्फ जाँदै

समाधान संवाददाता २०७६ असार ११ गते १५:३१

समाधान संम्वाददाता, मुस्ताङ

शनिबार देखि जारी नेपाल–चिन अन्तरदेशीय ब्यापार मेलामा नेपालमा पाईने वन्य जटिबुटीको अवैध रुपमा निकासी हुने श्रोतको दावी छ । कोरलाको चिनिया पठार भूमीमा संञ्चालन भईरहेको ब्यापार मेलामा नेपाली सुरक्षाकर्मीको अनुउपस्थितीले यस्तो गतिबिधि बढ्ने संकेत देखिएको श्रोतको अड्कल छ । तर, यसको आधिकारिक पूष्टि भने भएको छैन ।

बर्सेनी सिजनको २ पटक संञ्चालन हुने उक्त मेलामा नेपाल र चिनिया सुरक्षाकर्मीले वर्षौदेखि संयूक्त गस्ती गर्ने गर्थे । यसपटक नेपालले सुरक्षाकर्मीलाई नेचुङमै सीमित राखेको छ । उत्तरी कोरलानाका वरपर दर्जनौं चिनिया भूमी प्रवेश गर्ने बैकल्पिक चोरी शिकारी गर्ने मार्ग छन् । राजश्व छली गरी जटीबुटी चिनतर्फ निर्यात गर्ने मनसाय भएका व्यापारीलाई भन्सारले कुनै सकस नपार्ने श्रोतको भनाई छ । नाका नजिकै नेपाली भन्सार संयन्त्रको उपस्थिती नहुदा जटिबुटीकै कारण लाखौं रुपैँयाको राजश्व घाटा नेपालले व्यवहोर्नु पर्ने देखिएको हो । नेचुङ भन्सार कोरलानाका देखि कविर ५ किलोमिटर यता छ ।

Advertisement

चिनको स्वशासितक्षेत्र तिब्बती बजारमा जटिबुटीहरुको खुल्ला व्यापार हुन्छ । तर ,दुई देशबीचको संयूक्त सुरक्षा निगरानी नहुँदा जटिबुटीको अवैध कारोबार हुने श्रोतको अनुमान छ । विगतमा उक्त नाका अतिसंम्वेदनशील नाका पनि हो । नेपालतर्फको सीमावर्ती जिल्ला मनाङ, डोल्पा, हुम्ला र मुस्ताङ लगायतका उच्चलेकमा हिमाली जटिबुटी यार्सागुम्बा , पाचऔले, निरमसी र जटामसी लगायतका जटबुटी पाईन्छन् । यो मौसम जडिबुटी पाईने सिजन हो ।

नेचुङमा खटिएका ३ कर्मचारी र असई जगतबहादुर थापाको नेतृत्वमा चिन प्रवेशका लागि बोर्डर पासको कडा चेकजाच गरेका छन् । असई थापाले भन्सारमा खटिएका सुरक्षाकर्मीले कडाईका साथ चेकजाच गरेको र कुनै अवैध कारोबार भएको जानकारी भए आवश्यक कारवाही गर्ने बताए । यता, मुस्ताङका प्रजिअ गंगाबहादुर क्षेत्रीले कोरलाको चिनिया भुमीमा नेपाली सुरक्षाकर्मीले सुरक्षा दिने काम संम्विधान र कानुन बिपरित भएको बताए । उनले चिनिया सुरक्षा निकायले आफ्नै क्षेत्रमा र नेपाल प्रहरीले आफ्नै क्षेत्रमा गस्ती पट्रोलिङ र सुरक्षा गस्ती गरिरहेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया