तीन वटा बाइक हान्ने भारतीय गाडीका चालक दिउसै मापसेले धुत, लिफ्ट मागेर चढेका बृद्ध चिन्ताजनक अवस्थामा

समाधान संवाददाता
पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइडमा दिउसै मादक मादक पदार्थ सेवन गरेर लठ्ठ परेका चालकले चलाएको भारतीय नम्बर पर्यटकको गाडीले तीन वटा मोटर साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये ८३ बर्षीय पदम गुरुङको अवस्था गम्भीर छ ।
एच आर ०९ एल ००० ९ नम्बरको गाडीले लेकसाइडको हल्लनचोकमा लगातारस तीन वटा मोटरसाइकललाई ठक्कर दिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए। भारतीय गाडी भए पनि चालक भने नेपाली नागरिक हुन ।
डिएसपी शाहका अनुसार भारतको राजधानी दिल्लीबाट पोखरा घुम्न आएको पर्यटकको टोलीको गाडी दिल्ली मै जागिर गर्ने नेपाली अजय बरालले चलाएका थिए । दुर्घटनामा घाइते भएका मध्ये भकुण्डेका ८३ बर्षीय बृद्ध गुरुङ चिनजानका मान्छेको बाइकमा लिफ्ट मागेर चढेका थिए ।, टाउकोमा चोट लागेका गुरुङको अवस्था चिन्ताजनक रहेको छ भने अर्का मोटर साइकल चालक नुनल शाहको खुट्टा भाँचिएको छ । अर्का घाइते भने सामून्य छन् ।
घाइतेहरूको पोखराकै मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने चालक प्रहरी नियन्त्रणमा छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया