भारतीय गाडीको पोखरामा ‘ड्रिकं एन्ड ड्राइभः ६ घाइते, एकको आइसियुमा उपचार हुँदै

समाधान संवाददाता २०७६ असार ११ गते १७:१७

ईश्वर देवकोटा
पोखरा

आज दिउसाे भारतिय नम्बर प्लेट भएकाे कारले ३ मोटरसाइकल, १ ट्याक्सी र १ स्कुटीलाई ठक्कर दिँदा ६ घाइते भएका छन् भने एककाे अवस्था गम्भीर छ ।

पोखराको लेकसाइड चिल्लीबार नजिकै हल्लनचोकबाट पामेतर्फ जाँदै गरेको एचआरओ ९ एल ०००९ नम्बरको गाडीले विपरित दिशाबाट आएको पल्सरलाई सुरुमा ठक्कर दिएको हो ।

Advertisement

ग१६प ९९५९ पल्सर मोटरसाइकल चालक पोखरा २३, कार्कीतहराका ३३ वर्षीय ईश्वर नेपालीका अनुसार उनलाई अगाडिबाट कारले ठक्कर दिएको बताएका छन् ।

उनीसाथ मोटरसाइकलमा सवार पोखरा १८, भकुण्डे निवासी ८३ वर्षीय पदमबहादुर गुरुङ गम्भीर घाइते भएका छन् । गुरुङको टाउकोमा चोट लागेको छ । हाल उनलाई सृजनाचाेक स्थित मेट्राेसिटी हस्पिटलकाे आइसियु कक्षमा राखी उपचार भइरहेकाे छ ।

Advertisement

त्यस्तै, कारले पल्सर पछि होन्डा कम्पनीको स्पलेन्डर मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक पोखरा ३२ तल्लो गगनगौडा बस्ने ५२ वर्षीय नुरुल शाह घाइते भएका छन् ।

उनको दाहिने खुट्टा भाँचिएको र अप्रेसन गर्नुपर्ने उपचारमा संलग्न हस्पिटलका डा निलकण्ठ लामिछानले जानकारी दिए । शाह सवार ग१३प १५२८ नम्बरको मोटरसाइकल समेत क्षतविक्षत भएको छ ।

अन्य घाइते हुनेहरुमा पोखरा ७, मासबार बस्ने २३ वर्षीय रिगु कुमार रहेका छन् । उनी भारतीय नागरिक हुन् । पेन्टिङ पेसामा आबद्ध रिगुका अनुसार कारले अकस्मात सोरेर लतारेको सुनाए । उनी सवार ग७प १३४७ नम्बरको टिभिएच अपाची मोटरसाइकलमा क्षति पुगेको छ ।

अन्नपूर्ण गाउँपालिका ८ निवासी २६ वर्षीया सुनिता अधिकारी समेत सामान्य घाइते भएकी छन् । उनी सवार ग१५प ८६२६ नम्बरको डियो स्कुटीमा क्षति पुगेको छ ।

कारले १ ट्याक्सीलाई समेत ठक्कर दिएको थियो । ठक्करबाट ट्याक्सी चालक मदन नेपाली सामान्य घाइते भएका छन् । उनको ग१ज २७८६ नम्बरको ट्याक्सीमा क्षति पुगेको छ । कारले अन्यलाई ठक्कर दिएको हुन सक्ने शंका प्रहरीले गरेको छ ।

साथै, कार धनी हरियाणाका मेहर पटेललाई समेत हिरासतमा लिई अनुसन्धान गरिरहेको प्रवक्ता केसीले जानकारी दिए ।

‘डिकं एन्ड ड्राइभ’ संलग्न चालक अजय बराल र सवारीलाई ठक्कर दिएर भागेको केही मिनेटमै सेदीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु भारतदेखि पोखरा घुम्नका लागि आएको हुन् ।

कार चालक अजय बरालको मेडिकल परीक्षण रिपोर्ट आएपछि मदिरा पिएकोबारे पुष्टि हुने प्रवक्ता केसीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया