गाछीटार र लामिटारमा गाँजा नष्ट

समाधान संवाददाता
दुलेगौंडा
शुक्लागण्डकीका विभिन्न क्षेत्रमा इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले गाँजा नष्ट गरेको छ । बुधबार प्रहरी निरीक्षक सरोज गिरीको नेतृत्वमा गएको टोलीले वडा नंं. २ को गाछेपानी र १० को लामिटारमा गाजा नष्ट गरेको होे ।
करिब ५ सय बोट गाँजा नष्ट गरिएको प्रहरी निरीक्षक गिरीले बताए । स्थानीय र प्रहरीको साझेदारीमा कार्यक्रम गरिएको हो । गाँजा लागुऔषध भएकाले गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारबाही हुने उनले बताए । उनले गाँजा नष्ट गर्ने अभियान टोलटोलबाट सुरुआत गर्न सहभागीलाई आग्रह गरे ।
अभियानमा सहभागी वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले मदिरा तथा लागुऔषधले समाजमा नकरात्मक असर पर्ने भएकाले नियन्त्रण गर्नुपर्नेमा जोड दिए । ‘प्रहरीले चालेका यस्ता अभियानलाई हामीले सधैं साथ दिन्छौं’ उनले भने, ‘वडा र नगरका सबै क्षेत्रमा अब अभियान सञ्चालन गर्नु जरुरी छ ।’









तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया