एसईईको नतिजा सार्बजनिक

समाधान संवाददाता २०७६ असार १२ गते १६:३८

समाधान संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेको छ। हिजै नतिजा सार्बजनिक गर्ने तयारी गरे पनि नसकेको बोर्डले अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।

विसं २०७५ चैत १० गतेदेखि २१ सम्म परीक्षा भएको थियो। देशभरका सात प्रदेशमा एक हजार नौ सय ७९ वटा केन्द्रमा लिइएको परीक्षाको परीक्षाफल बिहीबार अपरान्ह प्रकाशित भएको हो।

Advertisement

कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। परीक्षाफल हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी आवश्यक निर्देशनअनुसार सुन्न सकिन्छ। वेबसाइट  goe.gov.np मा पनि हेर्न सकिन्छ। परीक्षाफल चित्त नबुझे नजिता प्रकाशन भएको मितिले १५ दिनभित्र शुल्क तिरेर हेर्न सकिन्छ।

यसबाहेक १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसारको जानकारी भरेर पनि नतिजा थाहा पाउन सकिनेछ। यस्तै see.ntc.net.np मा गएर पनि नतिजा हेर्न सकिनेछ।

Advertisement

तपाईको प्रतिक्रिया