मुस्ताङमा ए प्लस ल्याउने २ जना मात्रै

समाधान संवाददाता २०७६ असार १२ गते २०:१८

सुन्दरकुमार थकाली, मुस्ताङ ।

मुस्ताङमा यसवर्षको एस.ई.ई नतिजामा २ जना बिद्यार्थीले मात्रै ए प्लस ल्याएका छन् । जिल्लाको धौलागिरी बोडिङका २ जना बिद्यार्थीले मात्रै ए प्लस ल्याएको हो । अरुले ६ वटा बिद्यालयले ए प्लस ल्याउनबाट चुके ।

एस.ई.ई नतिजाको प्रारम्भिक प्रतिक्रिया ब्यक्त गर्दै शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख टंकराज बरालले नतिजा सन्तोषजनक भएको बताए ।उनका अनुसार यसवर्ष मुस्ताङमा १ सय ३३ जना बिद्यार्थी एस.ई.ई. मा सम्मिलित भएका हुन् । नीजि तर्फको धौलागिरीले २५ जना बिद्यार्थी परिक्षामा उतारेकोमा २ जना ए प्लससहित १२ जना ए ग्रेडमा पास भए ।सामूदायिक तर्फ जनबाल माबि मार्फाले राम्रो नतिजा ल्याएको छ । मार्फाका ६ जना मध्ये ३ जनाले ए ग्रेड ल्याए भने अन्यमा बि र बि प्लसमा छन् ।

Advertisement

ज्ञानोदय मावि लेतेका २९ जना बिद्यार्थी मध्ये १ जनाले मात्रै ए प्लस लाएको छ । अन्य बिद्यार्थी बि प्लस ,बि , सी प्लस र सी ग्रेडमा छन् । जिल्लाका ७ बिद्यालय मध्ये ३ वटा बिद्यालयले मात्रै ए ग्रेडको कोटा धानेका हुन् ।

जिल्लाको दिब्यदिप मावि छोसेर ,योगेन्द्र मावि टुकुचे ,जनशान्ति मावि कागबेनी ,जनहित मावि जामसोमका बिद्यार्थीहरु सबै बि प्लस ,बि , सी प्लस र सी ग्रेडमा उर्तिण भएको शिक्षा बिकास तथा समन्वय ईकाई मुस्ताङले जनाएको छ । ए ग्रेड नल्याउने उक्त बिद्यालयले ७३ जना बिद्यार्थीले परीक्षा दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया