छुसाङ देखि जोमसोमसम्म र्‍याफ्टिङः वारागुङको नीति

समाधान संवाददाता २०७६ असार १३ गते १२:२९

एसके थकाली
जोमसोम

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको चालु आ।व। २०७६÷०७७ को प्रस्तुत नीति तथा कार्यक्रममा छुसाङ देखि जोमसोम सम्म र्‍याफ्टिङ संम्भाव्यता अध्ययन गरिने भएको छ । २ वटा प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र कागबेनी श्राद्ध स्थल अवस्थित उक्त गाउपालिकाले नया फरक प्रकार पर्यटन प्रर्वद्धनको अवधारणा बनाएको हो ।

र्‍याफ्टिङ संम्भाव्यता सफल भएमा मुस्ताङ आउने पर्यटकले कालिगण्डकी नदीमा र्‍याफ्टिङको आनन्द लिन पाउने कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाले यो योजनालाई पहिलो नम्बरमा सुचिकृत गरेको हो । यस्तै गाँउपालिकाले पर्यावरणीय सन्तुलनमा समेत जोड दिएको छ । यसका लागि विषादी, प्लाष्टिक तथा सिसाजन्य फोहोरलाई व्यवस्थापन गर्दै फोहोर मुक्त गाउँपालिका बनाउने योजना ल्याएको र त्यसका लागि आवश्यक बजेट बिनियोजन हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।

Advertisement

धार्मिक तथा सांस्कृति पहिचानलाई संरक्षण र संम्वद्धन गर्नाका लागि गाउपालिकाले कंक्रिटयूक्त संरचना निमार्णलाई निरुत्साहित गर्ने, वडा नं। ३ ताङ्वे गाउँलाई ऐतिहासिक गाउँको रुपमा विकास गर्दै त्यहा रहेको प्राचिन धार्मिक तथा पूरातात्विक संम्पदा जोगाउन जोड दिदै आवश्यक बजेट बिनियोजन गरिने जनाईएको छ । यस्तै, जटिबुटी व्यवसायिक उत्पादन तथा प्रशोधन, व्यवसायिक कृषिका लागि आवश्यक जग्गा उपलब्ध गराउन पहल गर्ने, कृषि र पर्यटनक्षेत्रमा यूवा स्वरोजगार कार्यक्रम ल्याइनेछ ।

सूचना प्रबिधि अधिकृत सूर्य तिमिल्सिनाका अनुसार सार्वजनिक सेवा प्रवाहमा विद्युतीय सेवा र सूचना प्रविधिको भरपुर उपयोग गर्ने, शुशासन एवं पारदर्शिता र सूचना प्रवाहका लागि वेवसाईंट र मोवाईल एप्लिकेशन निर्माण भई संञ्चालनमा आएको र यसलाई थप प्रभावकारी तुल्याईने, मोबाइल एप्सकै माध्यमबाट हरेक घरको तथ्यांक संकलन गरिसकेको गाउँपालिकाले आगामी वर्ष डिजिटल प्रोफाईल निर्माणका साथै भौगर्भिक सूचना प्रणालीको माध्यमबाट डिजिटल म्यापिङ गर्ने योजना नीति तथा कार्यक्रममा जनाईएको छ ।

Advertisement

५ वटै वडाका कार्यालयमा ईन्टरनेट सुविधाको पहुँच बढाउदै राजश्व संकलन गर्ने व्यवस्था मिलाईने, गाउँपालिका भित्र एक घर एक धारा स्थापनाको लक्ष्य, सामूदायिक ई लाईबेरी तथा बालमैत्री विद्यालय, विद्यालय र सरकारी कार्यालयमा विद्युतीय हाजिरीको प्रबन्ध गराईने, ईको पर्यटनलाई प्रोत्साहन, व्यवसायिक आधुनिक कृषि प्रणाली र अर्गा्निक उत्पादनमा जोड दिईने, बिपत् व्यवस्थापनकोषको लागि बजेट बिनियोजन गर्दै क्वीक रेस्पोन्स टोली गठन गर्ने, गाउँपालिका भित्र एक नागरिक एक रुख रोप्ने कार्यक्रम ल्याईने, दलित तथा महिला शशक्तिकरणमा जोड दिईने, प्राचिन तेताङ नुन खानीको प्रर्वधन र सरक्षणमा ध्यान दिईने, पर्यटन पदमार्ग पहिचान र त्यसको निर्माण, होटल व्यवसायीलाई आतिथ्यता सत्कारबारे प्रशिक्षण दिईने

। धार्मिक, सांस्कृति र सामाजिक संम्पदाको जर्गेना गर्ने, वायूउर्जाको संम्भाव्यता, मातृभाषा संरक्षणका लागि विद्यालयमा पठन पाठन व्यवस्था गराईने, सामाजिक खेती प्रणालीमा तारबार र कृषि उपजकेन्द्र स्थापना गर्ने वारागुङको नीति योजनामा उल्लेख छ ।

यस्तै, घरबाट उब्जिएको फोहोरलाई मोहोरमा रुपान्तरण गरिने, एक गाउँ एक बालकेन्द्र स्थापना गर्ने, परम्परागत यातूङ महोत्सवलाई थप प्रर्वधनका कार्यक्रम ल्याउने जस्ता कार्यक्रम वारागुङ गाउपालिकाको योजनामा समेटिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङ ९धारा०ले जानकारी दिए ।

वारागुङ मूक्तिक्षेत्र गाउपालिकाको मंगलबार पाचौ गाउसभा बैठकबाट पारित उक्त नीति तथा कार्यक्रम प्रस्तुत भएको हो । यसका लागि गाउँपालिकाले २० करोड ४६ लाख १८ हजारको अनुमानित बजेट प्रस्तुत गर्ने जनाएको छ । पुँजिगततर्फ १० करोड ७० लाख १८ हजार, बित्तिय समानिकरण १० करोड ७० लखा १८ हजार र शसर्ततर्फ ९० लाख बजेटको कार्यक्रम घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङको अध्यक्षतामा भएको नीति तथा कार्यक्रमको सार्वजनिकरण समारोहमा उपाध्यक्ष ढिकी गुरुङले गाउँसभामा वाचन गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया