हिमालको फेदमा ‘राष्ट्रपती कप’ खेलकुद

समाधान संवाददाता २०७६ असार १३ गते १२:३३

तस्विरः अन्तर विद्यालय स्तरीय भलिबल प्रतियोगिताकाे झलक

एसके थकाली, मुस्ताङ

मुस्ताङमा शुक्रबार देखि अन्तर विद्यालय स्तरीय रनिङशिल्ड राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ । समुन्दी सतहदेखि ३ हजार मिटरको उचाईमा हुने प्रतियोगितामा गाउँपालिकाका ४ विद्यालयको सहभागी रहने खेल संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।

Advertisement

जिल्लाको घरपझोङ गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समितिको समन्वय र जिल्ला प्रहरी कार्यालयको प्राविधिक जनशक्ति सहयोगमा हुने प्रतियोगितामा घरपझोङका जनहित मावि जोमसोम, जनवाल मावि मार्फा, जनकल्याण आवि र धौलागिरी बोडङका विद्यार्थीहरुको सहभागिता रहने संयोजक कर्ण थकालीले बताए । संघीयतापछि राष्ट्रपतिकप मुस्ताङमा घरपझोङ गाउँपालिकाले गर्न लागेको हो ।

प्रतियोगितामा छात्र–छात्रा भलिबल, ट््याक ईभेन्टतर्फ रिले दौड र फिल्ट ईभेन्टतर्फ हाईजम्प, लङजम्प, त्रिपलजम्प र जापलिङ थ्रो जस्ता खेलकुद समावेश रहने गाउँपालिकाले जनाएको छ । राष्ट्रपति कप प्रतियोगिताको पूर्व सांसद चन्द्रबहादुर गुरुङले उद्घाटन गरे । मुस्ताङमा खेलकुद गतिबिधि सांस्कृति पर्वका अवसर संञ्चालन हुदै रहेको उल्लेख गर्दै विद्यालय स्तरीय खेलकुदले बालवालिकाको शारिरीक, मानशिक र भौतिक विकासमा योगदान पुग्ने बताए ।

Advertisement

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले शैक्षिक विकास तथा स्वच्छ जीवनका लागि खेलकुद आवश्यकता भएको जनाए । उनले पर्वतीय खेलकुद विकासका लागि गण्डकी प्रदेशले डिपिआर बजेट बिनियोजन गरेको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले स्थानीयतहका विद्यालयहरुको अन्तर निहित प्रतिभाहरुको खोजी र स्थानीय खेलकुद प्रर्वधनमा गाउँपालिकाले योजनाहरु ल्याउदै गरेको उल्लेख गर्दै ।

अन्तर विद्यालय स्तरीय राष्ट्रपति कप रनिङशिल्ड लगातार ३ पटक जित्ने विद्यालयले शिल्ड कब्जा गर्ने गरी पहिलो पटक गाउँपालिकाले सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया