घाँसामा ७ हजार गाँजा बोट नष्ट पारियो

समाधान संवाददाता २०७६ असार १३ गते १४:११

एसके थकाली
मुस्ताङ

मुस्ताङको थासाङ–४ घांँसामा बिहिबार करिव ७ हजार बोट गाँजा नष्ट पारिएको छ । मुस्ताङकै दैलो घाँसामा चारैतर्फ यततत्र गाजाको बोट फैलिएको र मुस्ताङ भित्रिने पर्यटकले लागु औषधको रुपमा सुचिकृत गाजा सेवन गर्ने गरेकाले नष्ट गर्नु परेको प्रहरी चौकी घाँसाका असई मिनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

थासाङ–४ का वडाअध्यक्ष विशाल शेरचनको संयोजकत्वमा भएको गाँजा नष्ट पार्ने अभियानको प्रहरी चौकी घासाले अगुवाई गरेको हो । पर्यटकीय जिल्ला प्रबेश गर्ने मुहानमै गाजा उम्रनाले समाजमा बिकृती फैलने सक्ने उल्लेख गर्दै सबै सरोकारवालाहरुको सहयोगमा अनाधिकृत गाँजा नष्ट गर्नु परेको वडाअध्यक्ष शेरचनको भनाई छ ।

Advertisement

उनकै भनाईमा यततत्र घासा वरपर गाजा फस्टाउनाले पर्यटकले गाजा सेवन गरेको र यसबाट गाउका यूवा र विद्यालयका विद्यार्थी समेत प्रभावित हुने अवस्था सृजना भएकाले गाँजा सफाया अभियान चलाईएको थियो ।

गाँजा नष्ट पार्न प्रहरी, जनप्रतिनिधि, विद्यालय, आमा समुह, यूवाक्लव र स्थानीयबासी लगायत ७० जनाको सहभागिता जनाएको प्रहरी चौकी घासाले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया