४ विद्यालयका ४ जनाको ४ जिपिए

समाधान संवाददाता २०७६ असार १४ गते १५:५३

समाधान स‌ंवाददाता

सामुदायिक विद्यालय अमरसिंह माविसहित कास्कीका ४ विद्यालयका ४ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याएका छन् । ४ जिपिए भनेको पूर्णांक नै ल्याउनु हो । देशैभरिचाहिँ पूर्णांक नै ल्याउने विद्यार्थी १०६ जना छन् ।

अमरसिंह माविका सुजल पौडेल, मर्निङ स्टार बोर्डिङ स्कुल ढिकुरपोखरीका दीपेश परियार, गण्डकी बोर्डिङ स्कुलकी मोनिका गौतम र सेन्ट मेरिज स्कुलकी सलिना खड्काले ४ जिपिए ल्याएका हुन् ।

Advertisement

कास्कीको ४ वटा विद्यालयका ४ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याएका छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार एउटा सामुदायिक विद्यालयसहित ४ वटाका विद्यार्थीले त्यतिको ग्रेड ल्याएका हुन् ।

सामुदायिक विद्यालय अमरसिंह माविका सुजल पौडेल, मर्निङ स्टार बोर्डिङ ढिकुरपोखरीका दीपेश परियार, गण्डकी बोर्डिङ स्कुलकी मोनिका गौतम र सेन्ट मेरिज स्कुलकी सलिन खड्काले ४ जिपिए ल्याएका हुन् । दीपेश मर्निङ स्टारका जेहेन्दार विद्यार्थी भएकाले छात्रवृत्तिमा पढ्दै आएको उक्त विद्यालयका प्रिन्सिपल फणीन्द्र अधिकारीले जानकारी दिए ।

Advertisement

२०७४ सालको एईईमा कास्कीका १४ जना विद्यार्थीले ४ जिपिए ल्याएका थिए । त्यसमध्ये एउटै संस्थापन विद्यालय मदरल्यान्ड माविका ७ जनाले ४ जिपिए ल्याएका थिए । परीक्षाफल सार्वजनिक भएकोे १ दिन बितिसक्दा पनि गण्डकी प्रदेशको जिल्लागत नतिजा तथ्यांक उपलब्ध हुन सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले तथ्यांक नपठाइदिँदा समस्या भएको शिक्षा विकास तथा समन्वय इकाई समिति कास्की प्रमखु नारायणप्रसाद सुवेदीले बताए । ‘बोर्डको डाटा हाम्रो पहुँचमा छैन । उसैले छिटो पठाइदिए हामीलाई पनि सजिलो हुन्थ्यो,’ उनले भने । उनले बोर्डले तथ्यांक नपठाइदिँदा कति विद्यार्थीले कति जिपिए ल्याए भन्ने पनि अन्योल रहेको सुनाए ।

‘डाटा भइदिएको भए कुन र कति विद्यार्थी कति जिपिएमा उत्तीर्ण भए भन्ने थाहा पाउन सक्थ्यौं । अहिलेसम्म पठाइदिएको छैन,’ सुवेदीले भने । इकाईसँग डाटा नभएकै कारण जिल्लाको एसइई नतिजा सुध्रेको या खस्किएको भन्नेबारे पनि यकिन हुन नसकेको उनको भनाइ थियो । जिल्लामा भएका १-१ विद्यालयसँग सम्पर्क गर्दै तथ्यांक राख्ने पनि असम्भव हुने उनले बताए ।

०७५ को एसइई परीक्षामा कास्कीबाट १० हजार ९ सय विद्यार्थी सहभागी थिए । कास्कीबाट परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकिएको थियो । गण्डकी प्रदेशबाट ४८ हजार १ सय ४६ जना विद्यार्थी सहभागी थिए । नियमिततर्फ ४७ हजार ७ सय ८२ र ग्रेड वृद्धितर्फ ३ सय ६४ जना विद्यार्थीले परीक्षामा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया