समाधानकर्मी देवकोटा सम्मानित

समाधान संवाददाता २०७६ असार १५ गते ०:०४

समाधान संवाददाता

रोट्रयाक्ट पत्रकारिता पुरस्कार–२०७६ बाट समाधानकर्मी ईश्वर देवकोटा सम्मानित भएका छन् ।

रोट्रयाक्ट क्लब अफ पोखराका पूर्व अध्यक्ष सुजन लामिछानेद्वारा आफ्ना हजुरबुबा र हजुरआमाको स्मृतिमा स्थापित ‘महोदत्त–देवकी लामिछाने स्मृति रोट्रयाक्ट पत्रकारिता पुरस्कार–२०७६’ देवकोटालाई प्रदान गरिएको हो ।

Advertisement

क्लबको १८ औं पदस्थापन समारोह तथा स्थापना दिवसको अवसरमा शनिबार रोट्रयाक्ट नेपाल डिआरआर नोमिनी सञ्जिव पौडेल लगायतले देवकोटालाई पुरस्कार हस्तान्तरण गरे । दोसल्ला, कदरपत्र र नगद ५ हजार ५ सय ५५ राशीले उनलाई सम्मान गरिएको थियो ।

पत्रकार देवकोटाले खोजमूलक पत्रकारिता मार्फत सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लबका २०१९/०२० अध्यक्ष विश्वदर्शन पराजुलीले बताए ।

Advertisement

सम्मानपछि बोल्दै पत्रकार देवकोटाले सामाजिक संस्था रोट्रयाक्ट क्लबले गरेको सम्मानले पत्रकारिता कर्ममा लागिरहँदा थप हौसला मिलेको सुनाए ।

पत्रकार देवकोटा समाधान राष्ट्रिय दैनिकको अनलाइन संस्करण समाचार संयोजक र देश सञ्चार डटकमको गण्डकी प्रदेश प्रतिनिधिको रुपमा पत्रकारितामा सकृय छन् ।

क्लबको वर्ष २०१९/२० का लागि विश्वदर्शन पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमितिको पदस्थापन भएको छ ।

क्लबको प्रेसिडेन्ट इलेक्ट अमृत सुवेदी, भाइस प्रसिडेन्टमा प्रवेश गौतम, शान्ति अधिकारी, त्रिलोचन शर्मा, सेक्रेटरीमा प्रदीप चापागाई, जोइन्ट सेक्रेटरीमा सुशन घिमिरे, ट्रिजररमा गौरव सुवेदी, कम्युनिटि सर्भिस डाइरेक्टरमा रामेश्वर बराल, प्रोफेसनल डेभलपमेन्ट डाइरेक्टर आकाश गुरुङ, क्लब सर्भिस डाइरेक्टर यशोदा ढकाल, इन्टरनेसनल सर्भिस डाइरेक्टरमा सागरबाबु केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

वर्ष २०१८/०१९ का अध्यक्ष अनिश पालिखेले क्लब मार्फत सबैलाई शिक्षा कार्यक्रम सञ्चालन गर्न अक्षय कोष स्थापनार्थ १ लाख रुपैयाँको चेक नवगठित कार्यसमितिका अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरे ।

पराजुलीले आफ्नो कार्यकालमा बालबालिका, युवा र बृद्धाहरुका लागि सिर्जनशिल कार्यक्रम मार्फत समाजसँग जोडिने बताए । बोर्ड मेम्बरहरुको सहयोग र समन्वय मार्फत क्लबलाई थप सशक्त बनाइने प्रतिबद्धता जनाए ।
वर्ष २०१८/१९ का अध्यक्ष अनिश पालिखेले वर्षभरी क्लबबाट भएको गतिविधिबारे जानकारी दिए ।



तपाईको प्रतिक्रिया