लाेप हुन लागेकाे सीप हस्तान्तरण गर्न माटोका भाँडा बनाउने तालिम

समाधान संवाददाता २०७६ असार १५ गते ११:२२

समाधान संवाददाता, स्याङ्जा

पुतलीबजार नगरपालिका ३ स्थित कुमाल गाउँमा माटाका भाडा बनाउने तालिम प्रदान गरेको छ । कुमाल जातीको सीप लोप हुँदै जाँदा युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सुरु गरिएको हो । नगरपालिकाले स्थानीय ३ महिला र ७ पुरुषलाई तालिम प्रदान गरेको छ ।

तालिममा नगर उपप्रमुख महेश पुरीले परम्परागत सीपको जगेर्ना गर्न सवै कुमाल जाती लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा वडाध्यक्ष अमृतकुमार श्रेष्ठ, नगर कार्यपालिका सदस्य सिद्धिमान कुमाल, प्रशिक्षार्थी श्रीराम कुमाल र इन्द्रबहादुर कुमाल लगायतले बोलेका थिए ।

Advertisement

२ महिने दिने तालिममा प्रशिक्षक हुमबहादुर कुमालले सहजीकरण गर्ने छन् । हुमबहादुरले संस्कृतिको जगेर्ना गर्न नगरपालिकाले दिएको चासो सकारात्मक भएको बताए । उनले सीपलाई सदुपयोग गर्न सहभागीलाई अनुरोध गर्दैै दोस्रो पुस्तामा हस्तान्तरण हुन नसकेको सीपको संरक्षण हुन नसक्ने उल्लेख गरे । वडा कार्यालयको २ लाख रुपैयाँ सहयोगमा घैंटो, हाँडी, गमला, फूलदानी, फिल्टर, कप, पिलेटका साथै चरा, हात्ती लगायतका सजावटका सामग्री बनाउन सिकाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया