मदन भण्डारीको स्मृतिमा सांस्कृतिक साँझ

समाधान संवाददाता २०७६ असार १५ गते ११:३८

समाधान संवाददाता
पोखरा

जननेता मदन भण्डारीको ६७ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कास्कीले मदन भण्डारी स्मृति साँझ गरेको छ ।

कार्यक्रममा लोकदोहोरीतर्फ प्रजापति पराजुली, वद्री पंगेनी, तारापति सुवेदी, जीवन दाहाल, शंकरविरही गुरुङ, सरला पाण्डे, सविना गुरुङ लगायतले प्रस्तुति गरेको फाउन्डेसन अध्यक्ष माधव बांस्तोलाले जानकारी दिए । हास्य कलाकारतर्फ राजा राजेन्द्रले प्रस्तुति राखेका थिए । हिमाली सांस्कृतिक परिवारका कलाकारले नृत्य देखाए ।

Advertisement

कार्यक्रममा होटल वाराहीका सञ्चालक हरिप्रसाद पौडेल, पोखरा वृद्धाश्रमका अध्यक्ष वशन्तकेशव पराजुली, हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइराला र भलिबल खेलाडी मञ्जु गुरुङलाई दोसल्ला ओढाएर सम्मानपत्र गरिएको छ ।

कार्यक्रममा जिल्ला स्तरीय वक्तृत्वकलामा उत्कृष्ट ३ जनाले मैले चिनेको मदनको विषयमा प्रस्तुति गरेका थिए । प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालयका विभुषी तिमिल्सिना प्रथम, अमरज्योति माध्यमिक विद्यालयका सुनील बढु द्वितीय र राष्ट्रिय माध्यमिक विद्यालयका अस्मिता पुरीले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा मदरल्यान्डका निकेश गिरी र बाल मन्दिर माध्यमिक विद्यालयका सतिस रेग्मीले सान्त्वना पुरस्कार पाएका थिए ।

Advertisement

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले पार्टीको आन्तरिक जीवन, कम्युनिस्ट आन्दोलन र राज्य सत्ताको व्याख्या गरेको बताए ।

तपाईको प्रतिक्रिया