रित्तिँदै पर्वतका गाउँ

समाधान संवाददाता २०७६ असार १५ गते १४:१३

रामकृष्ण लामिछाने
पर्वत

भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण बेँसी र शहर झरेपछि पर्वतका गाउँ रित्तिँदै गएका छन् । आर्थिक, सामाजिक, राजनीतिक रुपमा सबल र सचेत भएर पनि पर्वतले पछिल्लो समय चरम बसाइँ सराइ भोगिरहेको छ ।

पर्वत सदरमुकाम कुश्माबाट करिब १४ किलोमिटर उत्तर समुद्र सतहदेखि २२०० मिटर उचाइमा छ, दुर्लुङ गाउँ । कुश्माबाट बसमा करिब १ घण्टामै पुगिने यो गाउँ कुश्मा नगरपालिकाको एउटा ठुलो वडा हो । बसाइँ सर्ने क्रम शुरु नहुँदा यहाँ घना बस्ती थियो । विक्रम संवत् २०६० सालसम्म यहाँ करिब ९ सय घरहरु थिए । अहिले शहरी सेवासुबिधा भोग गर्न भन्दै गाउँलेहरु बजार झर्दा गाउँ नै खालि हुन आँटेको छ । अधिकांश घरमा ताल्चा लागेको छ । ९ सय घरधुरी घटेर अहिले यहाँ ३ सय घरमा मात्र स्थानीय बसिरहेका छन् । स्थानीय खडानन्द् शर्माले भने,‘पहिला पहिला करिब ९ समय सम्म घरहरु भरिभराउँ हुने दुर्लुङमा अहिले जम्म ३ सय सम्म घरहरुमा मानिसहरु बूदै छन् ।

Advertisement

गाउँघरमै स्थानीय सरकार छ । सुबिधा पनि आवश्यक मात्रामै छन् । तैपनि स्थानीय बासिन्दा बसाइँ सरिरहेकै छन् । दुलुङ मात्रै होइन, पर्वतका साविक ६१ वटै वडाहरु खालि हुँदै गएका छन् । स्थानिय सरकार बनेको पनि दुई बर्ष भइसकेको छ । पर्यटकीय यो गाउँमा शिक्षा, स्वास्थ्य लगायत सुविधासँगै जीविकोपार्जनका लागि उपयुक्त वातावरण पनि छ । तर, मानिसहरु सुबिधा भोगी हुँदा शहर झर्न र विदेश जान अझै तम्सेका छन् ।

कुस्मा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तेजप्रसाद पाध्यायले भने,‘मानिसहरु सुबिधा भोगि हुँदा गाउँघरमा वस्न छाडेका छन् । उनले भने,‘हामीले गाउँ फर्क अभियान सुरु गरेका छौं ,बिस्तारै गाउँलेहरु आउँनेमा आशावादी छौं उनले भने ।’

Advertisement

गाउँमा आधारभूत सुविधा पुगेर विकासका पूर्वाधार निर्माण भए भने बसाइँसराइ रोकिन्छ भन्ने मान्यता पर्वतको दुलुङ गाउँले अस्वीकृत गरिदिएको छ । गाउँमा सडक पुगेपछि त्यही बाटो मोटर चढेर गाउँले शहर झर्ने र देशविदेश पुग्ने गरिरहेका छन् । दुलुङको जस्तै अवस्था छ, पर्वतका अन्य गाउँको पनि । गाउँमा पूर्वाधार विकासभन्दा पनि युवाले प्रशस्त रोजगारीको अवसर खोजिरहेका छन् ।

तपाईको प्रतिक्रिया