पोखराको रोपाइँ महोत्सव, भव्य रमाइलो (फोटो फिचर)

समाधान संवाददाता
मानो रोपेर, मुरी फलाउने दिन अर्थात, असार १५ धान दिवस । पोखरा १७, महतगौडामा असार १५ भव्य रुपमा मनाइयो ।
पोखरा पर्यटन परिषद्ले वर्षेनी आयोजना गर्दै आइरहेको रोपाइँ महोत्सवमा सयौंको संख्यामा विदेशी पर्यटकहरु उपस्थित भएर रमाइलो गरे ।

किसानहरुले हलगोरु, हातमा बाउसो लिएर खेतमा आर्लिए । महिला रोपाहारहरु हातहातमा बिउ लिएर रोप्न कसिए ।
कार्यक्रमका प्रमुख अतिथि मेयर मानबहादुर जिसीले हलो जोतेर रमाइलो गरे । उनलाई सबैले हुटिङ गरेर हौसला बढाएका थिए ।



कार्यक्रममा गोरु दौडाउने, हिलो छ्यापाछ्याप, हिलोमै माछा समाउने, रस्साकस्सी, महिला पुरुष दौड, पत्रकार दौड प्रतियोगिता भए ।

असारे गीत, दही चिउरा र विभिन्न खानाका परिकार र सांस्कृतिक कार्यक्रमले महोत्सव मार्फत पर्यटन प्रबद्र्धनमा सहयोग पुगेको आयोजक पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

सबै तस्बिरः ईश्वर देवकोटा/समाधान
तपाईको प्रतिक्रिया