दामोदरकुण्ड तिर्थ जाने क्रममा एक भारतीय साँधुको मृत्यू

समाधान संवाददाता २०७६ असार १६ गते ११:४२

समाधान संवाददाता, मुस्ताङ

समुन्द्री सतहदेखि करिव ५ हजार मिटरको अग्लो उचाईमा रहेको प्रसिद्ध धार्मिक तिर्थस्थल दामोदरकुण्ड जाने क्रममा एक भारतीय साँधुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार मृतक साँधुको हाईअल्टिच्यूटका कारण श्वाशप्रश्वास समस्याका कारण मृत्यु भएको उल्लेख गरेको छ ।

लोघेकर दामोदरकुड गाउपालिका – ४ स्थित धिमी ठाटीबाट दामोदरकुण्ड जाने भिरालो बाटोमा मृतक साधुको उक्त लाश भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजेन्द्रप्रसाद रेग्मीका अनुसार परिचयपत्रका आधारमा बेवारिसे अवस्थामा रहेको उक्त लाश उत्तर प्रदेश भारत गोरखपुरका जयराम दास त्यागी भएको खुल्न आएको छ । उनी करिब ७५ वर्षको उमेर भएको जनाईएको छ ।

Advertisement

मुस्ताङको अत्यन्तै विकट स्थानमा रहेको उक्त लाश वरपर कुनै मानवबस्ती समेत नरहेकोले प्रहरीले ढिलो गरी सूचना प्राप्त गरेको हो । बेवारिसे लाश भएको खबर पाएपछि प्रहरी चौकी सुरखाङको प्रहरी टोली शनिबार मात्रै घटना स्थल पुगेको थियो । लाशको पोष्ट मार्टम गर्न सदरमुकाम ल्याउन असम्भव देखिएपछि प्रहरीले स्थानीय जनप्रतिनिधिहरुको राहबरमा लाशको सतगत गरेको सूचना अधिकारी रेग्मीले बताए । मृत अवस्थाका साधुको आफन्तलाई सम्पर्क गर्ने प्रयास गरिएपनि कोही सम्पर्क गर्न नआएको प्रहरीको भनाई छ ।

Advertisement

तपाईको प्रतिक्रिया