संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान
समाधान संवाददाता
२०७६ असार १६ गते १३:४१

समाधान संवाददाता, काठमाडाैं
संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव समूहबीच सोमबार बिहान गोली हानाहान भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो । त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको उनले बताए ।
विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो ।
त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए । प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको दुलालले बताए ।
‘दुबैतर्फ कुनै क्षति भएको विवरण प्राप्त भएको छैन,’ दुलालले भने ।
सम्बन्धित







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया