संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

समाधान संवाददाता २०७६ असार १६ गते १३:४१

समाधान संवाददाता, काठमाडाैं

संखुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाको हेयाङ्लामा प्रहरी र  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गस्ती गएको टोली र विप्लव समूहबीच सोमबार बिहान गोली हानाहान भएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।

Advertisement

घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरी टाढा हो । त्यहाँ मोबाइल सम्पर्कसमेत हुन नसकिरहेको उनले बताए ।

विप्लव समूहका गतिविधि बढेको जानकारी पाएपछि प्रहरी टोली गस्तीमा गएको थियो ।

Advertisement

त्यहाँ झन्डै २५ जनाको संख्यामा विप्लवका कार्यकर्ता थिए । प्रहरीलाई देखेपछि उनीहरूले फायरिङ गरेको दुलालले बताए ।

‘दुबैतर्फ कुनै क्षति भएको विवरण प्राप्त भएको छैन,’ दुलालले भने ।

तपाईको प्रतिक्रिया