भ्रष्टाचार मुद्दामा ४ पूर्वआईजीपीलाई सफाइ

समाधान संवाददाता २०७६ असार १७ गते ११:४८

समाधान संवाददाता, काठमाडौं

विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका सशस्त्र प्रहरी बलका ४ जना पूर्वमहानिरीक्षक (आइजिपी) लाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ वर्षअघि दायर गरेको मुद्दामा सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षकहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव ओली र सनतकुमार बस्नेतलाई सोमबार सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बहसपछि विशेष अदालतले ‘आरोप स्थापित हुन नसक्ने’ भन्दै भन्दै चारै जना पूर्वआइजिपीलाई सफाइ दिएको हो ।

Advertisement

बदनियतका साथ रकम हिनामिना गरेको आरोप लगाइएको आरोप पुष्टि हुन नसक्ने फैसलामा उल्लेख छ । सशस्त्रका निलम्बित महानिरीक्षक कोषराज वन्तसहित ११ जनालाई अख्तियारले ६ करोड ७९ लाख बिगो माग दाबी गर्दै २०७२ माघ १८ गते मुद्दा दायर गरेको थियो । त्यस्तै अख्तियारले २०७२ माघ २४ गते पूर्व महानिरीक्षक शैलेन्द्रकुमार श्रेष्ठसहित ४ विरुद्ध र फागुन १६ गते पूर्व–महानिरीक्षकहरु बासुदेव ओली र सनतकुमार बस्नेतविरुद्ध पनि मुद्दा चलाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया