लाग्रान्डीलाई न्युबिज बिजनेस अवार्ड

समाधान संवाददाता २०७६ असार १७ गते ११:५९

समाधान संवाददाता, पोखरा

लाग्रान्डी इन्टरनेसनल कलेजले न्युबिज बिजनेस स्कुल कन्क्लेभ एन्ड अवार्ड २०१९ प्राप्त गरेको छ । बिबिएमा गण्डकीमा सबैभन्दा अगाडि र मुलुकभर उत्कृष्ठ १० मा पर्न सफल भइ कलेजले अवार्ड प्राप्त गरेको प्रिन्सिपल किरण केसीले बताए । देशभरका १ हजार ८ सय ३४ कलेजमध्येबाट उत्कृष्ट छनोटमा परेकोले अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मदन लम्सालले जानकारी दिए । कलेजहरुको तथ्यांक संकलन, प्राप्त तथ्यांक संयोजन र विज्ञहरुको विश्लेषणका आधारमा उत्कृष्ठ कलेज छनोट गरिएको लम्सालको भनाइ थियो ।

लाग्रान्डीले यो स्थान पाउँदा खुसी लागेको र आगामी दिनमा अझै मेहनत गर्न हौसला मिलेको प्रिन्सिपल केसीले बताए । अवार्ड वितरण कार्यक्रममा भाग लिएका केसीले शिक्षक, विद्यार्थी, अभिभावक, कलेज प्रशासन र व्यवस्थापनलाई धन्यवाद दिए ।

Advertisement

गत वर्ष गण्डकी प्रदेशको उत्कृष्ट बिबिए कलेजमा पुरस्कृत लाग्रन्डीले विद्यार्थीको चाहना अनुरुप अध्यापन गराउँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेज सन् २००० मा स्थापना भएको हो । कलेजले हाल बिसिए, बिबिए र बिपिएच कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ सय विद्यार्थी अध्ययन गर्दै आएको कलेजले आगामी दिनमा थप कार्यक्रममार्फत् विद्यार्थी गण्डकी प्रदेशमा राम्रो उपस्थिति देखाउने लक्ष्य लिएको प्रिन्सिपल केसीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया