नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा परी १ काे मृत्यु, १२ घाइते

समाधान संवाददाता २०७६ असार १८ गते ११:५५

कावासाेती, रासस

नवलपरासीमा बुधबार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको  देवचुली नगरपालिका–१६ कुमारवर्ती चोकमा लु२ख १४९३ नंको बसले सोही स्थान बस्ने ७५ वर्षीया पैदलयात्री राधिका अधिकारीलाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

Advertisement

यस्तै मध्यविन्दु नगरपालिका–८ फूलबारीमा ना७ख ६८४१ नंको बसलाई  ना७ख ६३ नंको ट्रकले ठक्कर दिँदा बसमा सवार १२ घाइते भएका छन् ।

घाइतेमध्ये सामान्य १० जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ । सुर्खेत घर भएका २५ वर्षीय योगेश भासरती र ३५ वर्षीय मणिराम बरकको अवस्था भने गम्भीर रहेको छ ।

Advertisement

उनीहरु दुवैको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया