स्वतन्त्र सांसद ‘दिपक मनाङ्गे’ नेकपा प्रवेश गर्दै

समाधान संवाददाता २०७६ असार १८ गते १४:१२

फाइल तस्बिरः समाधान

समाधान संवाददाता
पोखरा

दिपक मनाङ्गे नामले परिचित मनाङ ‘ख’बाट निर्वाचि गण्डकी प्रदेशका एकमात्र स्वतन्त्र सांसद राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन् । सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालयमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको केन्द्रीय सदस्य भीम कार्कीले जानकारी दिए ।

Advertisement

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउने कार्यक्रम छ । ‘केन्द्रबाट अन्य कोही नेता नआए मुख्यमन्त्रीले नै उहाँलाई पार्टी प्रवेश गराउनु हुनेछ । माथि सम्पर्क गर्दै छौं,’ केन्द्रीय सदस्य कार्कीले भने ।

सांसद गुरुङले समाधानलाई छोटो प्रतिक्रिया दिँदै आफू नेकपा प्रवेश गर्न लागेको जानकारी दिए । उनले भने, –‘भोली कार्यक्रम छ, हो म प्रवेश गर्दै छु । अरु भोली नै थाहा पाइहाल्नुहुन्छ ।’

Advertisement

उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको सपथ खाएका थिए । हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन् ।

तपाईको प्रतिक्रिया