स्वतन्त्र सांसद दीपक मनाङे नेकपामा प्रवेश

मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरे ।
उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको शपथ लिएका थिए । निर्वाचन लगत्तै उनमाथि फौजदारी अभियोग लागेका कारण केही समय सम्पर्कमा नरहेका गुरुङलाई २०७५ वैशाखमा प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्चको आदेशले छुटेपछि उनी पोखरा आएर सपथ खाएका हुन् ।
उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन् । यससँगै प्रदेशसभामा नेकपाको प्रतिनिधित्व संख्या ४० पुगेको छ । हाल संसदमा नेकपा ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एक निधन), नयाँ शक्ति २ र स्वतन्त्र १ उनै राजीव गुरुङ थिए ।
विप्लव समूह कास्की सचिवालय सदस्य पुष्प कार्की पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । उनलाई समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया