खडेरीका कारण रोपाइँ भएन

समाधान संवाददाता २०७६ असार १९ गते १३:५०
bfFb] nufpFb} s[ifs bdf}nL -tgx'F_ @& h]7 -/f;;_ M tgx'Fsf] Jof; gu/kflnsf–! cd|]gLdf wfg /f]Kgsf nflu v]tdf bfFb] nufpFb} s[ifs . tgx'Fsf s[ifsnfO{ olta]nf /f]kfOFsf] r6f/f] 5 . t:jL/ M s[i0f Gof}kfg] .

रामकृष्ण लामिछाने
पर्वत

मुरी उब्जाउन माना रोप्ने महिना असार आधा बितिसक्दा पनि पर्वतका किसानले राम्रोसँग रोपाइँ गर्न पाएका छैनन् । झमझम वर्षा हुने समयमा चर्को घाम र तापक्रम दैनिक उच्च भइरहेको छ । गण्डकी प्रदेश राजधानी पोखरा आसपासमा चर्चामा आउने गरी असार १५ (धान दिवस) जात्रा गरी मनाइयो । मनसुनको भरपर्नुपर्ने बाध्यतामा किसानको छ । सिँचाइ गर्ने सानो ट्युबेल पनि सुक्दै गएको छ ।

जिल्लामा सबैभन्दा सिँचाइ हुने फलेबास नहर मर्मत हुन नसक्दा स्थानीय किसान चिन्तित बनेका छन् । आकाशबाट पानी परेन, खोलाबाट सिँचाइको व्यवस्था छैन । खेतमा रहेको मकै काटेर धान रोप्न ठिक्क परेका किसान नहरमा पानी चल्ने संकेत नदेखेपछि बिउ खेर जाने अवस्था भएकोे दुखेसो गरे । ‘समितिले असारको १५ देखि २० गतेसम्म नहरमा पानी आउँछ भनेपछि सोहीअनुसार बिउ राखियो,’ देवीस्थानका पूर्णकुमार श्रेष्ठले भने, ‘बिउ सुक्न थाल्यो तर नहरमा पानी आएन ।’ नहर मर्मतका लागि पटक पटक आग्रह गरे पनि उपभोक्ता समितिले कुनै वास्ता नगरेको उनले आरोप लगाए ।

Advertisement

खेतमा पानी हालेर भए पनि रोपाइँ गर्ने सुरसार गरिरहेका कृषकका लागि भूमिगत पानी पनि सुक्दा समस्या परेको छ । अहिले पानी परेको छैन । ‘बढी खर्च गरी रोपाइँ गरे पछि धानको मूल्य पाइँदैन’, किसान दधिराम लामिछानेले भने ।’

धान उत्पादनको पकेट क्षेत्र मानिने फलेवासमा पछिल्लो समय नहरकै कारण धान उत्पादनमा ह्रास आउन थालेको किसानले गुनासो गरेका छन् । नेपाल सरकार र एसियाली विकास बैकको सहयोगमा २०४१ सालमा निर्माण भएको जिल्लाकै लामो उक्त नहर जीर्ण छ । तत्कालीन जिविस र अहिले फलेवास नगरपालिकाले मर्मतका लागि बजेटको व्यवस्था नगर्दा मर्मत हुन नसकेको स्थानीय किसान गोपालप्रसाद भुषालको भनाइ छ । उक्त नहरबाट साविक खानीगाउँ, शंकरपोखरी र देवीस्थान गाविसकोे ३ सय ४१ हेक्टर जमीन सिँचाइ हुन्थ्यो ।

Advertisement

यता, फलेवास सिँचाइ जल उपभोक्ता समिति सचिव किशोरराज रेग्मीले मर्मत गर्न लागेका कारण नहरमा पानी चलाउन समस्या भएको बताउँछन् । उनले तीव्र गतिमा नहर मर्मतको काम भइरहेको बताउँदै अबको २ हप्ताभित्र नहरमा पानी चलाइने दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया