पोखरा २७ मा प्रधानमन्त्री रोजगारअन्तर्गत बाटोनिर्माण

समाधान संवाददाता २०७६ असार १९ गते १३:५३

समाधान संवाददाता
पोखरा

पोखरा २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिका मन्दिर पुग्ने सिँंढी बाटो निर्माण गरेको छ । कार्यक्रम अन्तर्गत ५ लाख रुपैयाँ बजेटले मन्दिरसम्म पुग्ने सिँढी निर्माण गरेको हो ।

दैनिक १५ जनाले सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम गरिहेको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए । करिब १ सय ६५ मिटर लामो सिँढी निर्माणको काम अन्तिम चरणमा पुगेकोसमेत उनले बताए । ‘मन्दिर पुग्न बाटो थिएन,’ वडाध्यक्ष गुरुङले भने,‘सिँढी निर्माणपछि अहिले सहज हुँदैछ, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि सदुपयोग भएको छ ।’ वडाध्यक्ष गुरुङले अन्यत्र जस्तो देखावटी र बजेट सक्ने नाउँमा घाँस काट्ने, नाली सोर्ने जस्तो काम नभई उदाहरणीय काम गरिएको उल्लेख गरे । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फारम भरेकासहित स्थानीयलाई दैनिक काममा लगाइएको गुरुङले जानकारी दिए ।

Advertisement

सवारी साधन रोकिने स्थानदेखि माथि पिकनिक स्पोट र मन्दिरसम्म पुग्न अप्ठ्यारो गोरेटो बाटो रहेकोमा त्यसमा सिँढी निर्माण गरिएको वडा नं. २७ का इञ्जिनियर रविचन्द्र घिमिरेले बताए ।

पोखरा महानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत सिँढी निर्माणको काम नै उत्कृष्ट रहेको समेत वडाध्यक्ष गुरुङको दाबी छ । उनले अहिले स्थानीय सामाग्री प्रयोग गरेर निर्माण गरिएको सिँढीलाई थप बजेटको व्यवस्था गरी सिमेन्टेड गर्ने सोच बनाएका छौं, वडाध्यक्ष गुरुङले भने,‘त्यसपछि पिकनिक स्पोट र मन्दिर जान अझ सहज हुनेछ ।’

Advertisement

पोखरा २७ मा रहेको चन्द्रकालिका मन्दिरबाट पोखरा उपत्यका, निर्माणधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, फेवातालसहित बेगनास, दिपाङ, मैदी, खास्टे, गुँदे र न्यूरेनीतालसमेत स्पष्ट देखिने अध्यक्ष गुरुङले बताए ।

मनोरम हिमश्रृृखंला र तालतलैया तथापोखरा उपत्यकाको दृश्याबलोकनगर्न सकिने भएकाले मन्दिर देखी केहीतलपिकनिक स्पोट तयार गरी संचालनमाल्याइएको वडा सचिव लिलामणि भण्डारीले बताए ।

पर्यटकीय गन्तव्यका रुपमाविकास गर्न चन्द्रकालिकाभ्यू टावर निर्माण गर्ने र सो क्षेत्रवरीपरि फ्रिवाइफाईको व्यवस्थामिलाउनकालागिमहानगरमापहल भैरहेको समेत अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

तपाईको प्रतिक्रिया