कोपा कपको उपाधीक लागि ब्राजिल र पेरु भिड्ने

समाधान संवाददाता २०७६ असार १९ गते १६:१२

एजेन्सी

दक्षिण अमेरिकी राष्ट्रहरु बिचको प्रतिष्ठित फुट बल प्रतियोगिता कोपा अमेरिका कपको उपाधीका लागि ब्राजिल र पेरु भिड्ने निश्चित भएको छ । यी दुई टिम बीच आगामी आइतबार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा फाइनल भिडन्त हुनेछ ।

पहिलो सेमिफाइनल खेलमा ब्राजिलले चिर प्रतिद्वन्दी अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गरेको थियो भने दोश्रो सेमिफाइनलमा पेरुले चिलीलाई स्तम्ध पार्यो । लगातार पछिल्ला दुई उपाधी जितेको चिली कोपा अमेरिका कपमा ह्याट्रिक गर्ने दाउमा थियो । तर उसको सपनालाई चिलीले ३–० गोल अन्तरले चकनाचुर पारिदियो । त्यस्तै विश्वका महान खेलाडी बनेर पनि अर्जेन्टिनाका लागि उपाधी दिलाउन असफल मेसीको सपना पनि यस पटक पनि पुरा हुन पाएन ।

Advertisement

तपाईको प्रतिक्रिया