लिबियामा मारिएका सन्तोष लमजुङ बेसिशहरका

समाधान संवाददाता २०७६ असार १९ गते १७:२८

एजेन्सी

उत्तर अफ्रिकी मुलुक लिबिया आक्रमणमा मारिएका नेपाली लमजुङ जिल्ला बेसिशहर नगर पालिका–११ का सन्तोष भएको पत्ता लागेको छ । मानव तस्करहरुबाट अबैध रुपमा लिबिया पुर्याइएका सन्तोष बम आक्रमण परी गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार दिउँसो विद्रोही समूह द लिबियन नेशनल आर्मी एलएनएले त्रिपोलीनजिकैको ताजोउरा डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको थियो । सो आक्रमणमा परी ४४ जना आप्रवासी मारिएका थिए भने १४३ जना घाइते छन् ।

Advertisement

बेंशीसहर नगरपालिका(११ का सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठले २७ बर्षीय छोरा सन्तोषलाई युरोपेली मुलुक माल्टा या इटाली पुर्याृन भन्दै दलाललाई ६ लाख रुपैया पनि बुझाएका थिए । तर उनलाई अबैध ढंगले युरोप छिराउने प्रयास भैरहदा लिबिया आक्रमणमा परेर ज्यान गुमाए ।

माल्टा छिर्ने क्रममा उनीहरु प्रहरीको नियन्त्रणमा थिए । उनीहरुलाई जहाँ थुनेर राखिएको थियो, त्यही सेन्टरमा बिद्रोहीले हवाई आक्रमण गर्दा यति ठुलो जनधनको क्षती भयो ।

Advertisement

हिरासतमा रहेका सन्तोषलाई पनि नेपाल पठाउन नेपाली दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन आइओएमलाई ट्राभल डकुमेन्ट पठाइसकेको थियो। तर उनी अब कहिले फर्कने छैनन् ।

कमाउने सपना बोकेर विदेसिएका सन्तोष उतै मारिएपछि परिवार पीडामा छ। छोराको जिउँदो अनुहार हेर्न नपाएका आमाबुवालाई शव आउला कि नआउला भन्ने पीर पनि छ।

तपाईको प्रतिक्रिया