टेस्ट अफ हार्मोनीमा तारादेवी र अरुणाका गीत

समाधान संवाददाता २०७६ असार १९ गते १७:५८

समाधान संवाददाता

सांगीतिक क्षेत्रको उचाईलाई भरभार योगदान पु¥याएका दिवंगत गायिकाद्वय स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामाका धुनहरु असार २१ गते शनिबार पोखरामा गुञ्जिने भएका छन् ।

हार्मोनी द मोर्डन सङस्टे«ेसेस अफ पोखराले गायिकाद्वय तारादेवी र अरुणा लामालाई उनीहरुका गीतमार्फत ‘ट्रिब्युट’ गर्ने भएको हो । तेस्रो शृंखलामा आयोजकले कार्यक्रमको नाम दिएको छ, ‘टेस्ट अफ हार्मोनीः धुनहरुमा तारादेवी र अरुणा लामा’, आउँदो शनिबार दिउँसो १ बजेदेखि पोखराको सभागृहहलमा नेपाली सुगम संगीतका २ हस्तीहरुका गीतहरु गुञ्जायमान हुनेछ ।

Advertisement

‘सुगम संगीतको आराधाना गर्ने दर्शक, स्रोतासँगै गायक गायिकाको हौसला बढाउन कार्यक्रम गर्दै छौं,’ हार्मोनी द मोर्डन सङस्टे«सेस अफ पोखराकी अध्यक्ष ईतु जोजिजुले भनिन्, ‘तारादेवी र अरुणा लामाका चर्चित कालजयी गीत गुञ्जाएर उहाँहरुप्रति समर्पण गर्दैछौं ।’
कार्यक्रममा हार्मोनी संस्थामा आबद्ध दर्जन बढी गायिकाहरुले आफ्नो प्रस्तुति राख्ने छन् । त्यस्तै, कर्ण दास, रामभक्त जोजिजु, बिनोद बानियाँ र ज्ञान थापाले समेत विशेष प्रस्तुति दिनेछन् ।
कार्यक्रममा ३ जना कलाकारहरु समेत सम्मानित हुने सचिव बबि सुनारले जानकारी दिइन् । दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा तथा नृत्यांगाना रत्न दासलाई हार्मोनी सम्मानबाट सम्मान गरिने भएको छ । गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान प्रदान गरिने सुनारले बताइन् ।

पोखरामा नै यसअघि आयोजकले ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नामबाट कार्यक्रम सञ्चालन गरिसकेको छ । अघिका २ शृंखलाबाट कमाएको अनुभवले यसपटक पनि कार्यक्रम गर्न हौसिएको अध्यक्ष ईतु जोजिजुले सुनाइन् ।

Advertisement

तेस्रो शृंखलामा रारा चाउचाउले टाइटल स्पोन्सर गरेको छ । दि मुग्लान रेस्टुरेन्ट एन्ड बारले कार्यक्रमलाई प्रस्तुत गर्न सघाएको हो । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले कार्यक्रमलाई प्रबद्र्धन गरेका छन् । हिमाअस् एजुकेसन कन्सल्टेन्सीले कार्यक्रमलाई मुख्य सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया