बोक्सीको आरोप लगाउने २ महिला पक्राउ

समाधान संवाददाता २०७६ असार २० गते १२:२०

समाधान संवाददाता, वालिङ

स्याङ्जाको चापाकोटमा बोक्सीको आरोप लगाई गालीगलौज गर्ने २ महिलालाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय महिलालाई बोक्सीको आरोप लगाई अपामान गर्ने र पीडा दिएको जाहेरी वडा प्रहरी कार्यालयमा पीडित पक्षले दिएका थिए ।

सोही जाहेरीको आधारमा स्याङ्जाको चापाकोट नगरपालिका २ बस्ने २५ वर्षीय चन्द्रकला थापा र तनहुँको बन्दीपुर नगरपालिका ६ घर भई हाल पोखरा महानगरपालिका १६ बस्ने ३३ वर्षीया सोममाया गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

Advertisement

पक्राउ परेका दुबै महिलालाई भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुरमा मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए । ‘मंगलबार बोक्सी आरोप लगाउनुका साथै गालीगलौज गरेको भन्दै पीडित महिलाको जाहेरी आएको थियो, जाहेरीको आधारमा आरोपित महिलालाई पक्राउ गरेका छौं,’ भण्डारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया