उपमेयर खड्गीलाई हृदयघात, नर्भिक अस्पताल भर्ना
समाधान संवाददाता
२०७६ असार २० गते १६:२५
समाधान संवाददाता, काठमाडाैं
काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई हृदयाघात भएको छ । हृदयाघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ ।
शुक्रबार दिउँसो छातीमा अत्यधिक पीडा भएपछि उनलाई नर्भिक ल्याइएको अस्पताल स्रोतले बताएको छ ।
उनको सिसियु कक्षमा राखी स्वास्थ्य अनुसन्धान भइरहेको अस्पतालले जनाएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया