वालिङ महोत्सवको नाफा लक्ष्यभन्दा कम

समाधान संवाददाता २०७६ असार २१ गते १६:३४

सुशील सुवेदी

गत माघमा सञ्चालित सातौं वालिङ महोत्सवको आयव्याय सार्वजनिक गरिएको छ । माघ १७ गते देखि २८ गतेसम्म सञ्चालन गरिएको साताँै महोत्सवमा १ करोड ७९ लाख ९५ हजार ८ सय ७ आम्दानी भएको छ भने १ करोड ४६ लाख ६ सय ३८ रकम खर्च भएको छ । जसबाट ३३ लाख ९५ लाख १ सय ६९ रुपैयाँ बचत भएको संघका कोषाध्यक्ष तारा श्रेष्ठले जानकारी दिए ।

२ करोड १० लाख आम्दानी र १ करोड ५० लाख ५१ हजार खर्च हुने लक्ष्य राखिएको महोत्सवमा ६० लाख बचत गर्ने अनुमानित बजेटसहित महोत्सव पूर्व तयारी गरिएको भए पनि लक्ष्य अनुसार काम हुन नसकेकोबारे पत्रकारले प्रश्न गरेका थिए ।

Advertisement

महोत्सव सकिएको करिब ६ महिनापछि पत्रकार सम्मेलन गरी आयव्याय सार्वजनिक गर्नुको कारणबारे पत्रकारले ¥याख¥याख पारे । आन्तरिक राजस्व कार्यालय, प्रायोजकको रकम ढिला प्राप्त हुनु र केही आयोजकले रकम फछ्र्यौटमा ढिला गरेका कारण आयव्याय सार्वजनिकमा ढिलाइ हुन पुगेको आयोजकले जनाएको छ ।

महोत्सवमा भएको खर्चमा सबैभन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको छ । १५ लाख अनुमान गरेको आयोजकले झण्डै १० लाखभन्दा बढी खर्च कलाकार व्यवस्थापनमा भएको छ ।

Advertisement

प्रचारप्रसारमा ६ लाख अनुमान गरिएकोमा २ तिहाइ बढी खर्च भएको देखाइएको छ । अतिथि सत्कार, खाजा, नास्ता, आँधीखोलाको कृत्रिम ताल लगायतका अधिकांश विषयमा आयोजकले अनुमान गरेकोभन्दा बढी खर्च भएका कारण आयोजकले लक्ष्य अनुसारको रकम बचाउन नसकेको उद्योग वाणिज्य संघ अध्यक्ष शोभकान्त पौडेलले बताए । ‘कमजोरीलाई सुधार्ने हो, आयोजकको केही कमजोरी पनि रहेकाले लक्ष्य अनुसार काम गर्न सकेनौं आगामी महोत्सव सुधार्नेछौँ,’ पौडेलले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठले भने, ‘महोत्सवले देश विदेशमा वालिङको नाम स्थापित गर्न सफल भएको छ । यस्ता महोत्सव सधैंै लक्ष्य अनुरुप नहुन सक्छ । आगामी महोत्सवमा भुल सुधार्दै वालिङको पर्वलाई निरन्तरता दिऊँ । ’

कार्यक्रममा पूर्व अध्यक्ष यामबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, उपाध्यक्ष गिरमान गुरुङ, कोषाध्यक्ष तारा श्रेष्ठ र महासचिव केशरबहादुर खाँण (ध्रुव) लगायतले कमजोरी भएको स्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया