समस्या हटाउन ट्रान्सफर्मर परिवर्तन

रामकृष्ण लामिछाने
नेपाल विद्युत प्राधिकरण पर्वत वितरण शाखाले ट्रान्सफर्मर परिवर्तन गर्न थालेको छ । प्राधिकरणले ३३ केभिएका ट्रान्सफरमर परिवर्तन गर्ने कार्य करिब ५० प्रतिशत सकेको छ ।
पर्वतसहित बाग्लुङको बिनामारे, कुश्मिशेरमा ४८ वटा ३३ केभिएका ट्रान्सफरमर छन् । ३३ केभिएकाको ठाउँमा ११ केभिएका ट्रान्सफर्मर परिपर्तन धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरण पर्वत वितरण शाखाले जनाएको छ ।
ट्रान्सफर्मर फेरेपछि लोड धान्न सजिल हुने बताइएको छ । अब मुस्ताङ, बाग्लुङ, म्याग्दी र पर्वतमा समस्या हँुदा धौलागिरीवासीले अन्धकारको समस्या खेप्नुपर्ने छैन । विद्युत केन्द्र पर्वत शाखा सुपरभाइजर काशिराम शर्मा पौडेलले यो समस्या समाधन गर्न धौलागिरी अञ्चल अन्धकारमय नहुने बताए ।
अहिले धौलागिरीका कुनै एक क्षेत्रमा समस्या आए ४ जिल्लामा नै बिजुली बन्द हुन्छ । यसले कलकारखाना, उद्योग, सञ्चार गृह जस्ता क्षेत्र मात्र नभई दैनिकी नै प्रभावित गर्ने गरेको छ । विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रकासुपरभाइजर सुरेन्द्र यादवका अनुसार मोदी खोलामार्फत आएको बिजुली कुस्मामा रहेको सबस्टेसनमार्फत गाउँवस्तीमा वितरण गरिनेछ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया