इमान्दार ट्याक्सी चालक, जसले ५ तोला सुन फिर्ता गरे

समाधान संवाददाता २०७६ असार २२ गते १६:४५

समाधान संवाददाता

पोखरा महानगरपालिका १३ का ट्याक्सी चालक सुरेश नेपालीले आफ्नो ट्याक्सीमा भेटिएको ५ तोला सुन फिर्ता गरेका छन् । बिहीबार बेलुका नेपालीको गाडीमा सुन छाडिएको सुन शुक्रबार बेलुकापख उनले देखेका थिए ।

सुन फेला परेपछि नेपालीले गण्डकी ट्याक्सी व्यवसायी प्रालिमा खबर गरेका थिए । सुन हराएपछि अर्जुन शर्माले प्रहरी र ट्याक्सीसँग सम्बन्धित संस्थामा खबर गरेका थिए ।

Advertisement

नेपाली शनिबार दिउँसो त्यो सुन लिएर जिल्ला प्रहरी कार्यालय कास्की पुगे । सुन पोखरा जिरो किलोमिटर बस्ने अर्जुन शर्मालाई फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएपी राजकुमार केसीले जानकारी दिए ।

बिहीबार बेलुका अर्जुनकी श्रीमतीले सृजनाचोकबाट जिरो जाने क्रममा ग १ ज ३५ ४४ नम्बरको ट्याक्सीमा सुन छाडेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया