लायन्स हिमालयनद्वारा वृक्षरोपण
समाधान संवाददाता
२०७६ असार २२ गते १७:०४

समाधान संवाददाता
लायन्स क्लब अफ पोखरा हिमालयनद्वारा पोखरा १७ घारीपाटनस्थित हिमालयन आँखा अस्पतालमा वृक्षरोपण गरेको छ । अस्पताल कम्पान्डमा अशोका, कपुर, तेजपत्ता, रुद्राक्ष, कल्की लगायतका ४० विरुवा रोपिएको क्लबले जनाएको छ ।
डिस्ट्रिक्ट ३२५ बि १ का क्लस्टर २५ का क्लस्टर चिफ सुरेन्द्रमान बिजुक्छेले क्लबले विरुवा रोपेर सकारात्मक कार्य गरेको बताए । कार्यक्रममा अस्पतालका डाइरेक्टर तथा क्लबका पूर्व अध्यक्ष ईन्द्रमान महर्जनले क्लबसँग सहकार्य गर्न हस्पिटल तयार रहेको बताए । उनले आँखा अस्पतालमा रोपिएको विरुवा हुर्काउन नियमित ध्यान दिन पदाधिकारीलाई अनुरोध गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया