फूलबारीमा सफाइ अभियान

समाधान संवाददाता २०७६ असार २२ गते १७:५३

समाधान संवाददाता

१६२ औं वृहत सरसफाइ कार्यक्रम शिवशक्ति मावि फूलबारीको संयोजनमा भएको छ । शिवशक्ति स्कुलबाट समितारा टोल हुँदै मणिपालसम्म सफाइ गरिएको छ ।

शिवशक्तिका प्राचार्य शम्भुराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा ड्यामसाइड टोल विकास संस्थाका अध्यक्ष शिवमाया श्रेष्ठले उद्देश्यबारे जानकारी दिइन् । पोखरा ११ का अध्यक्ष मोहन बास्तोलाले सरसफाइ सभ्यताको प्रतीक भएको बताए । कार्यक्रममा शिवशक्ति मावि र सिद्धेश्वर टोल विकास संस्थालाई डस्टबिन, साभेल, टिर्सट र कुचो अभियानकर्ता टेकबहादुर गुरुङले प्रदान गरे ।

Advertisement

सरसफाइ अभियानलाई फूलबारी युवा क्लबले ३ प्याकेट पञ्जा र जिता बरालले ३ प्याकेट पञ्जा हस्तान्तरण गरे । अभियन्ता सुजन गुरुङ र जिना गुरुङले छोरा संस्कारको जन्मदिनमा १ कार्टुन पञ्जा हस्तान्तरण गरे ।

बालबालिकालाई विद्यालय स्तरदेखि नै सफाइबारे सचेत बनाउन १ सय ५४ औं हप्ताबाट सफाइ अभियान स्कुलहरुसँगको सहकार्यमा गरिएको हो । अभियानको आगामी शृंखला साहारा आधारभूत विद्यालय बसपार्कबाट गरिने अभियन्ता लोकदर्शन कोइरालाले बताए । कार्यक्रम अभियन्ता प्रमिला तझ्याले सञ्चालन गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया