तमु कलाकार संघ गण्डकीमा सुरेन्द्र

समाधान संवाददाता २०७६ असार २२ गते १७:५९

समाधान संवाददाता

तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेसनले अधिबेशनबाट सुरेन्द्र गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चुनेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा माधव, प्रथम उपाध्यक्ष माया, महासचिव टस, सचिव नेत्र, कोषाध्यक्ष विक्रम र सहकोषाध्यक्ष इन्द्र गुरुङ छन् । सदस्यमा रुपा, काजल, पूजा, रामप्रसाद र डबिंग चयन भए । निर्वाचन मण्डल संयोजक कृष्ण गुरुङ र सदस्यमा शान्ति गुरुङ र दिलु गुरुङ थिए ।

Advertisement

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले अब कलाकारले नाच्ने र गाउनेमात्र नगरी आफ्ना मौलिक गीत र बाजाको अध्ययन अनुसन्धानमा लाग्नुपर्ने बताए । प्रदेश सभा सदस्य मीना गुरुङ, इन्द्रधारा बिस्ट र मित्र गुरुङ सुवेदीले कलाकारको वृत्ति, विकासका लागि आवश्यक पहल गर्ने बताए ।

अधिवेशनमा वरिष्ठ नृत्य निर्देशक एवं संस्कृतिकर्मी मेनकाजी गुरुङ र वरिष्ठ गायक तथा संगीतकार कृष्ण गुरुङलाई जनही ५ हजार ५ सय ५५ नगद, फेता र भांग्रले सम्मान गरिएको थियो । दुर्गा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष माधव गुरुङ र सचिव सुरेन्द्र गुरुङले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया