खतराको घन्टी तुरतुरे ताल

ताराप्रसाद शर्मा
बागलुङ
बागलुङको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा पहिरोको जोखिम बढेको छ । वर्षासँगै तुरतुरे तालमा पानीको बहाव बढेकाले मध्यपहाडी लोकमार्ग कटानमा पर्दै गएको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । सडक भासिएर पहिरो खसेमा गत वर्ष पहिरोले थुनिएर बनेको कृत्रिम ताल फुट्न सक्ने खतरा देखिएको छ ।
गत वर्ष सोही पहिरोमा परी १ महिलाको ज्यान गएको थियो । पहिरोले विद्युतको केन्द्रीय प्रसारण लाइनका पोल र तारमा समेत क्षति पुर्याएको छ । विद्युतका पोल र तार सडकमा छरपस्ट भएको र पहिरोका कारण मध्यपहाडी लोकमार्गसमेत अवरुद्ध हुन थालेको हो ।
स्थानीय दिनेश शर्माले तलबाट कृत्रिम तालले सडक भासिने र माथिबाट पहिरो खस्ने दुवै जोखिम बढेको सुनाए । अहिले सम्भावित जोखिमलाई ध्यानमा राखेर सडक छेउतर्फ ढुंगा राखेर कुनातर्फबाट सवारी र पैदलयात्रुलाई आवतजावतको व्यवस्था मिलाइएको छ ।
गत वर्ष भदौ २९ गते राति लोकमार्गभन्दा ५ सय मिटर माथिबाट पहिरो खस्दा बडिगाड खोला करिब ६ घण्टा थुनिएर ताल बनेको थियो । जसलाई स्थानीयले तुरतुरे ताल नाम दिएका थिए । लगभग ३सय मिटर लामो ड्याम बन्दा त्यसले वर्षे खोला पनि थेग्न सक्ने अनुमान गरी ताल फुटाइएको थिएन ।
तुरतुरे पहिरोको केही भाग चर्किएकै अवस्थामा छ । तालमा हिउँददेखि केही दिन अघिसम्म दैनिक डुंगा सयर गराएर स्थानीय कुमाल समुदायले आम्दानीसमेत गरेका थिए । तुरतुरे ताल क्षेत्र बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको संगम स्थल पनि हो ।
माथिबाट पहिरो खसेमा ढोरपाटन नगरपालिकाको भाग डुवानमा पर्ने र ताल फुटेमा बडिगाड लगायत गुल्मीका तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने देखिएको भीमगिठे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक ऋनबहादुर वैदारले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया