पोल्यान्डका १ नागरिक पक्राउ

समाधान संवाददाता २०७६ असार २४ गते १२:१९

समाधान संवाददाता
पोखरा

पोखरामा अवैध रुपमा प्रवेश गरी बस्दै आएका र लागुऔषध प्रयोग गरी होहल्ला गर्ने एक विदेशी पक्राउ परेका छन् ।

पोल्यान्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पोखरा महानगरपालिका ६, लेकसाइडबाट आइतबार पक्राउ गरेको हो । उनले लेकसाइड, खहरे, पृथ्वीचोक लगायत क्षेत्रमा लागुऔषध सेवन गरी होहल्ला गर्ने गरेको प्रहरीको भनाइ छ ।

Advertisement

भारतबाट नेपाल प्रवेश गरेका उनको साथमा पासपोर्ट, भिसासहितका कागजात नरहेको पर्यटक प्रहरीले जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्याालय पोखरामा बुझाइएको पर्यटक प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

असार १६ गते पोखराको लेकसाइडबाट अवैध रुपमा बस्दै आएका एक रसियन नागरिक पक्राउ परेका थिए । पर्यटक प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा निकोले ओलेगोभिच नाम बताउने रसियन नागरिक राहदानी लगायत कागजात बिना बस्दै आएकाले पक्राउ गरी अध्यागमन कार्यालय पोखरा बुझाएको थियो ।

Advertisement

उनी लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न थिए । उनलाई पोखरा अध्यागमनले काठमाडौंस्थित अध्यागमन विभागमा आवश्यक कारवाहीका लागि पठाएको थियो ।

तपाईको प्रतिक्रिया