तिलिचो जान नमखुलेकसम्म सडक

समाधान संवाददाता २०७६ असार २४ गते १३:१५

एसके थकाली
जोमसोम

विश्वकै अग्लो उचाइमा अवस्थित तिलिचो तालको दूरी अब छोटिने भएको छ । मुस्ताङतर्फको तिलिचो ताल जाने बाटो नमुखलेकसम्म सडकको पहुँच पुर्‍याउन गण्डकी प्रदेशले बजेट विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले चालु आर्थिक वर्ष २०७५÷२०७६ मा ५० लाख विनियोजन गरेकोमा पुन आव २०७६÷२०७७ मा ६५ लाख बजेट विनियोजन गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । यसअघि ठिनीदेखि नमुखलेक जाने २ किलोमिटर सडक बिस्तार भइसकेकोमा त्यसको स्तरवृद्धिसहित थप ४ किलोमिटर नयाँ ट्र्याक खोलिएको ढुंगानाले बताए ।

गण्डकी प्रदेश सरकारले जोमसोमबाट तिलिचो दूरी छोट््याउन सडक बिस्तार थालेको जनाएको छ । जोमसोमदेखि ठिनी हुँदै करिब १५ किलोमिटर पश्चिममा पर्ने नमुखलेकसम्म सडक पुर्‍याउने लक्ष्य रहेको ढुंगानाको भनाइ छ । यसका लागि घरपझोङ गाउँपालिका ५ को ठिनी उपभोक्ता समितिले ४ किलोमिटर सडक ट्र्याक खोल्ने र साविकको सडकलाई मोड ग्रेड कटिङ र सडक चौडा गर्ने काम सकिएकोे उपभोक्ता समिति अध्यक्ष सबी थकालीले बताए ।

Advertisement

स्तरोन्नति गरिएको उक्त सडकखण्डको बुधबार संघीय सांसद प्रेमप्रसाद तुलाचन, गण्डकी प्रदेश सांसद महेन्द्रबहादुर थकाली, पूर्व सांसद श्रीमाया थकाली लगायत घरपझोङ गाउँपालिकाका जनप्रतिनिनधिले अवलोकन गरे । उनले जोमसोमबाट देखिने निलगिरि ऐनाको अवलोकन गर्न आधार शिविरकै खर्कमा पुगेर रमाउन सक्ने उल्लेख गरे । गण्डकी प्रदेश सरकारले तिलिचो गन्तव्यलाई सहज बनाउन नमखुसम्म सडक र नमखुदेखि मेसोकोन्तापास सम्म केबलकार पुर्‍याउने उद्देश्य रहेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया