शुक्लागण्डकीको बजेट ८५ करोड ६८ लाख

राजन उपाध्याय
दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ८५ करोड ६८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पाँचौ नगरसभाबाट पारित नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता खिमबहादुर कुमालले शिक्षा र पूर्वाधारलाई प्राथमिकता दिई बजेट विनियोजन गरिएको बताए ।
नगरले आगामी आर्थिक वर्षमा १० करोड ८ लाख रुपैयाँ आन्तरिक आय गर्ने प्रक्षेपण गरेको छ । नदीजन्य पदार्थबाट २ करोड ५० लाख, स्थानीय उत्पादन शुल्क २ करोड १० लाख, सम्पति तथा भूमिकर ५० लाख, व्यवसाय कर ५० लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको प्रवक्ता कुमालले जानकारी दिए ।
नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान १४ करोड ७१ लाख र सर्शत अनुदान २५ करोड ९३ लाख गरी ४० करोड ६४ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड २७ लाख ३९ हजार, सर्शत अनुदानमा ३० लाख र समपूरक अनुदानमा ३ करोड ६० लाख गरी ५ करोड १७ लाख ३९ हजार रुपैयाँ छ ।
नगरको आर्थिक विकासतर्फ १ करोड ८७ लाख, सामाजिक विकासमा ६ करोड ७४ लाख, पूर्वाधारतर्फ ८ करोड ६१ लख, वातावरण तथा विपद व्यवस्थापनमा १० करोड २ लाख र सुशासन तथा संस्थागत विकासतर्फ १ करोड ४२ लाख ५७ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । नगरका १२ वटै वडामा ८३ लाखदेखि ९५ लाख रुपैयाँसम्म गरी १० करोड ६६ लाख ८३ हजार रुपैयाँ विनियोजन गरिएको छ । जनसंख्या र भौगोलिक अवस्थालाई हेरेर वडालाई बजेट विनियोजन गरिएको बताइएको छ ।
नगरसभाले वडा नं. १० का सदस्य राजेन्द्र भट्टराई क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय लेखा समिति गठन गरेको छ । समितिका सदस्यमा वडा नं. १ का सदस्य मोहम्मद जब्बर मियाँ, वडा नं. ९ का सदस्य सुनीता सुनार, वडा नं. ६ का सदस्य बुद्धिबहादुर थापा र सदस्य सचिवमा आन्तरिक लेखा परीक्षण अधिकृत छन् । नगरपालिकामा नक्सा पास नभई निर्माण भइसकेका घर तथा संरचनाको घर कायम गर्ने निर्णय गरिएको छ ।
पत्रकार सम्मेलनमा उपमेयर सविता रसाइलीले आगामी आर्थिक वर्ष समयमै योजना सम्पन्न गर्ने प्रतिवद्धता जनाइन् । उनले आगामी आर्थिक वर्षमा कर वृद्धि नगरी करको दायरा फराकिलो बनाउँदै लैजाने नीति लिएको सुनाइन् ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया