पर्यटन क्षेत्रमा लगानी गर्न चिनिया तयार

समाधान संवाददाता
पोखरा
मित्रराष्ट्र चीनको नानजिङका उद्योगी व्यवसायीले पोखराको पर्यटनको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका पदाधिकारीसँगको भेटवार्ताको क्रममा उनीहरुले लगानीको वातावरण बनाउन सरकारको तर्फबाट पहिला व्यावसायिक सुरक्षा, नीतिगत स्पष्टता आवश्यक रहेको उल्लेख गरेका छन् ।
पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष किसान सुनारका अनुसार भेटवार्ताको क्रममा उनीहरुले पोखरा क्षेत्रमा लगानी गर्नको लागि चेम्बरको सहयोग जरुरी रहेको बताएका थिए । नानजिङका व्यवसायी यामको नेतृत्वमा पोखरा आएको १८ जनाको प्रतिनिधि मण्डलसँग २ देशबीच व्यवसायिक सहयोग आदानप्रदान र नागरिक स्तरबाट भाषा सस्कृति आदानप्रदानबारे महत्वपूर्ण छलफल भएको जानकारी दिए ।
अध्यक्ष सुनारले पोखराको पर्यटन क्षेत्र, कृषि र ऊर्जामा लगानी गर्न सो प्रतिनिधि मण्डललाई आग्रह गरेका थिए । व्यावसायिक प्रतिनिधि मण्डलबीच भेटवार्ता क्रममा नेपाल चाइनाका संघ महासचिव विवेक पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी, वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडल, वाणिज्य तर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेल, महासचिव उमराज बास्तोला लगायत कार्यसमिति सदस्यको सहभागिता थियो ।
तपाईको प्रतिक्रिया