अर्जेन्टिनाका पूर्वराष्ट्रपतिको निधन

समाधान संवाददाता २०७६ असार २६ गते ११:०५

एजेन्सी, ब्यूनस आयर्स

अर्जेन्टिनाका पूर्वराष्ट्रपति फर्नान्डो डे ला रुअको मंगलबार मुटु तथा मृर्गौला रोगका कारण ८१ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई ब्यूनस आयर्सस्थित अस्पतालमा भर्ना गरिएको थियो । अर्जेन्टिनाका राष्ट्रपति मौरिसियो म्याक्रीले वरिष्ठ राजनीतिक फर्नान्डोको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

Advertisement

पूर्वराष्ट्रपति फर्नान्डोको तीन वर्षअघि सन् २०१६ मा शल्यक्रिया गरिएको थियो । गत वर्ष पनि मुटुमा समस्या भएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।

पूर्वराष्ट्रपति फर्नान्डो सन् १९९९–२००१ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया