युवा क्लबलाई खेलकुद सामग्री

समाधान संवाददाता २०७६ असार २६ गते १२:०८

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नम्बर ७ को कार्यालयले वडा भित्र रहेका युवा क्लबलाई बुधबार खेलकुद पोसाक र सामग्री वितरण गरेको छ । कार्यक्रममा वडामा क्रियाशील पोखरा पिस क्लब, अरुणोदय युथ क्लब र फ्रेन्ड्स युथ क्लबलाई ८० हजार बराबरको खेलकुद पोसाक तथा सामग्री प्रदान गरिएको हो ।

पोखरा पिस क्लब क्रिकेट र अरुणोदय र फ्रेन्ड्स युथ क्लब फुटबल खेलसँग सम्बन्धित छन् । वडाध्यक्ष रामचन्द्र बरालले खेलकुदका पोसाक र सामग्री वितरण गर्दै भौतिक पूर्वाधार र सडक निर्माणको अलवा युवा, महिला, ज्येष्ठ नागरिक, बालबालिका सशक्तीकरणको लागि वडा कार्यालयले सहयोग गरेको बताए । ‘युवा क्लबको माग अनुसारको सहयोग गरेर खेलकुदको विकास गर्न लागेका होे,’ वडाध्यक्ष बरालले भने, ‘युवा क्लब र वडा कार्यालयको सहकार्यमा युवा लक्षित कार्यक्रम चलाउने छौं ।’

Advertisement

वडाध्यक्ष बरालले आगामी दिनमा सवै युवा क्लबलाई समेटेर खेलकुदको विकासको लागि वडा कार्यालय सक्रियतापूर्वक लाग्ने बताए । कार्यक्रममा वडा सदस्य किशोर बराल, दीनबन्धु पौडेल र सुकमाया नेपाल, पोखरा पिस क्लबका अध्यक्ष सुजन बराल, अरुणोदय युथ क्लबका अध्यक्ष सुरेश गुरुङ, फ्रेन्ड्स युथ क्लवका अध्यक्ष भरत गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया