जर्मनी गएका ४ कलाकार उतै फरार

समाधान संवाददाता
पोखरा
नाटक लिएर जर्मनी पुगेको युथ क्रियसन थिएयरका ४ कलाकार उतै फरार भएका छन् । फरार हुनेमा कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल छन् । जर्मन सरकार अधिनस्थ प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक १८ असारमा जर्मनी उडेका थिए ।
१२ जना कलाकारसहित जर्मनी उडेको टोलीको भिसावधि १ हप्ताको थियो । उनीहरुले महोत्सवमा जुलाई ५ र ६ गते २ दिन नाटक मञ्चन गरेका थिए । ८ जना २३ गते नेपाल फर्किंदा ४ जनाबाट भने उतै हराएको युथ क्रियसन थियटरले फेसबुकमार्फत पुष्टि गरेको छ । उतै लुकेकामध्ये सम्झना शर्मा नाटक लेखक केदार पौडेलकी जीवनसाथी हुन् । सम्झना कलाकार नभए पनि नाट्यटोलीमा समावेश गरी लगिएको थियो ।
‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा भनेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं ।’ उनले जर्मनीमै पनि ती ४ जना हराएको सूचना दिइसकेको दाबी गरेका छन् ।
युरोपै बसेका कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजीखुसीले आएको हुँ ।’ केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन छ । नाटक गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया