जर्मनी गएका ४ कलाकार उतै फरार

समाधान संवाददाता
पोखरा
नाटक लिएर जर्मनी पुगेको युथ क्रियसन थिएयरका ४ कलाकार उतै फरार भएका छन् । फरार हुनेमा कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल छन् । जर्मन सरकार अधिनस्थ प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक १८ असारमा जर्मनी उडेका थिए ।
१२ जना कलाकारसहित जर्मनी उडेको टोलीको भिसावधि १ हप्ताको थियो । उनीहरुले महोत्सवमा जुलाई ५ र ६ गते २ दिन नाटक मञ्चन गरेका थिए । ८ जना २३ गते नेपाल फर्किंदा ४ जनाबाट भने उतै हराएको युथ क्रियसन थियटरले फेसबुकमार्फत पुष्टि गरेको छ । उतै लुकेकामध्ये सम्झना शर्मा नाटक लेखक केदार पौडेलकी जीवनसाथी हुन् । सम्झना कलाकार नभए पनि नाट्यटोलीमा समावेश गरी लगिएको थियो ।
‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा भनेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं ।’ उनले जर्मनीमै पनि ती ४ जना हराएको सूचना दिइसकेको दाबी गरेका छन् ।
युरोपै बसेका कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजीखुसीले आएको हुँ ।’ केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन छ । नाटक गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया