लुलु गाई जोगाउने गाउँपालिकाको नीति

समाधान संवाददाता २०७६ असार २६ गते १३:४४

समाधान संवाददाता, मुस्ताङ

मुस्ताङको घरपझोङ गाउँपालिकाले लोपोन्मुख रैथाने लुलु गाई जोगाउने संरक्षण नीति लिएको छ । पाँचौ गाउँसभाको दोश्रो बैठकले लुलु गाई जोगाउने यस्तो नीति सार्वजनिक गरिएको हो ।

पछिल्लो समय हिमालीक्षेत्रमा पालन गरिने लुलु गाई लोप हुने अवस्थामा छन् । धेरैले लुलु गाई पाल्न छोडेका छन् । गाउपालिकाले परम्परागत कृषि संस्कृतिको संरक्षण तथा प्रर्वद्धन गर्ने विशेष नीति योजना ल्याएको उपाध्यक्ष शर्मिला गुरुङले बजेटमा सुनाईन् । लुलु गाई पालन गरेका किसानलाई पशुसेवा कार्यक्रम अन्तर्गत आवश्यक बजेट बिनियोजन गरेको जानकारी उपाध्यक्ष गुरुङले बताईन् ।

गाउँपालिकाका ५ वटै वडाका स्थानीय लुलु गाई पालक किसानलाई अनुदान सहुलियतसहित पुरस्कृत र प्रोत्साहन गर्दै लगिने गाउँपालिकाले जनाएको छ । लुलु गाई हिमाली प्रजातीको गाई हो । छोटो कद भएका हिमाली गाई पछिल्लो समय संकटासन्न अवस्थामा पुगेका छन् । जलवायु परिवर्तन संगै मुस्ताङको तापक्रम साविक वर्ष भन्दा बढी हुन थालेको र थोरै मात्र दुध दिने भएकाले यस्ता गाईहरु पाल्न छोडिएको किसानहरु बताउछन् ।

Advertisement

परम्परागत पालन गरिने लुलु गाईलाई छोडेर मुस्ताङका किसानले जिल्ला बाहिरबाट जर्सी गाई पाल्न थालेका छन् । व्यवसायिक दृष्ट्रिले दुध बेसी दिने भएकाले जर्सी गाई पाल्नेको संख्या बढेको लुलु गाई पालक किसान कल्पना नेपालीले बताईन् । उनले व्यवसायिक रुपमा विकासे जातको जर्सी गाई पाल्ने क्रम बढेको सुनाईन् ।

विकासे जर्सी गाईको तुलनामा लुलु गाईले थोरै मात्र दुध दिने गर्छ । लुलु गाई जन्मिएको ३ वर्षमा प्रजनन् गर्न सक्ने हुन्छ । लुलु गाई र जर्सी गाईको दुधको मुल्य पनि समान भएकाले किसानले लुलु गाई पाल्न छोडेका हुन् । लुलु गाईको दुध जर्सी गाईको दुध भन्दा पोशिलो हुने नेपालीले बताईन् ।

Advertisement

तपाईको प्रतिक्रिया