तरकारी र फलफूलमा विषादीको प्रभाव कम गर्ने घरेलु उपाय

बिबिसीकाे सहयाेगबाट
बजारमा आयातित मात्रै नभई नेपालभित्रै उत्पादन हुने कतिपय तरकारी र फलफूलमा विभिन्न विषादी रहेकाे पाइन्छ । त्यस्ता विषादीको प्रभावबाट जोगिन या कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ ।
वेगले खस्ने धाराको पानीमा तरकारी वा फलफूललाई तीनपटक सम्म राम्ररी पखाल्यो भने त्यसमा रहेको विषादी पखालिएर जान्छ । ५० देखि ६० प्रतिशत विषादी त्यसरी धारामा पखाल्दा बगेर जान्छ ।
अझै बढी विषादीलाई हटाउनु छ भने एक चम्चा नुन एक लिटर पानीमा राख्ने र त्यसमा १० देखि १५ मिनेटसम्म तरकारी या फलफूललाई डुबाएर राख्ने । त्यसपछि निकालेर पखाल्दा ६० देखि ७० प्रतिशतसम्म विषादी हट्छ ।
नुन प्रयोग नगर्ने हो भने त्यसको सट्टा भिनेगर र पानीमा तरकारी या फलफूललाई डुबाउँदा पनि हुन्छ ।
अझै बढी विषादी हटाउने हो भने हामीले तरकारी वा फलफूलको बाहिरको बोक्रा छोडाउनुपर्छ । धेरैजसो विषादीका अवशेष बाहिरी भागमै हुने गर्छ ।
बोक्रा छिल्ने वा नखाने गर्नुपर्छ । बाेक्रा हटायो भने पनि विषादीको प्रभाव धेरै कम हुन्छ ।
तपाईको प्रतिक्रिया